
५ मंसिर, काठमाडौँ-मुस्ताङ थासाङ गाउँपालिका-३ कालोपानी क्षेत्रमा बसोबास गर्ने २९ वर्षीय योगेश गौचन प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ। निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गौचनले तीन हजार नौ सय ९२ मतको साथ आफ्नो प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई १४ मतान्तरले पछि पार्दै तीन हजार ७८ मत प्राप्त गरी निर्वाचनमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताउनुभयो। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो।
Visited 6 times, 1 visit(s) today
