
३ मंसिर, काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। निर्वाचन लोकतान्त्रिक पद्धतिको सुन्दर पक्ष भएको हुनाले निर्वाचनमा आफ्नो अमूल्य मत दिन समेत उहाँले सबै मतदातालाई आग्रह गर्नुभएको छ।

निर्वाचनमा लागिरहनुभएको राष्ट्रसेवक,सुरक्षा निकाय, राष्ट्रिय निर्वाचन आयोग र सम्पूर्ण निर्वाचनमा भाग लिनुभएको राजनीतिक दललाई धन्यवाद व्यक्त गर्नुहुँदै निर्वाचन सभ्य, भयरहित वातावरणमा सम्पन्न होस भन्दै उहाँले सबैलाई निर्वाचन विशेष शुभकामना सन्देश व्यक्त गर्नुभएको हो।
Visited 25 times, 1 visit(s) today
