Fast Nepal News

मौन अवधि उल्लंघन गरी प्रचारप्रसार गरेमा कारबाही

मौन अवधि उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने

banner single news
२ मंसिर, काठमाडौँ -निर्वाचनको मौन अवधि सुरु भएको छ।मौन अवधि सुरु भएलगत्तै निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगले सबै उम्मेदवारहरुलाई आग्रह गरेको छ। मौन अवधि उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने निर्वाचनमा आयोगले जनाएको छ।
विधृतीय माध्यमबाट उम्मेदवारलाई भोट माग्दै निर्वाचन प्रचारप्रसार गर्ने उम्मेदवार र व्यक्तिलाई राष्ट्रिय निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।यससँगै निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध लगाएको छ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.