Fast Nepal News

विधृतीय मतदानमा जान ढिलो भयो-पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादव

इलेक्ट्रोनिक मेसिनमा गएपछि बदर हुने सम्भावना नहुने भएकाले इलेक्ट्रोनिक मेसिनको माध्यमबाट विधृतीय मतदानको लागी राष्ट्रिय निर्वाचन आयोग तयारी हुनुपर्ने पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको भनाई।

banner single news
२ मंसिर, काठमाडौँ -पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब विधृतीय मतदानको आवश्यक रहेको टिप्पणी गर्नुभएको छ। रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले मत बदर को सम्भावना रहेको हुनाले अब विधृतिय मतदान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
मतपत्रको जटिलता हो मत बदर हुने बताउनुहुँदै अब विधृतीय मतदानको आवश्यक रहेको टिप्पणी गर्नुभयो। राजनीतिक दल , उम्मेदवार अनुसार धेरै चुनाव चिन्ह भएको बताउनुहुँदै अब मत दिन मतदातालाई निर्वाचन आयोगले वितरण गरेको ठूलो कागजपत्रको कारण असहज भएको र धेरै मत बदर भएको समेत उहाँले बताउनुभयो।
पत्रकार सम्मेलनमा सम्बोधन गर्नुहुदै अंधिकाश मतदान स्थल उज्यालो नभएको र मतदान स्थलको सानो ठाउँमा धेरै व्यवस्थापन गर्नुपर्दा यसले जटिल समस्या निम्त्याएको उहाँले बताउनुभयो। मतदाता शिक्षा व्यापक रुपमा हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुहुदै उहाँले प्रदेश र प्रतिनिधिसभा, समानुपातिक मतपत्रका कारण पनि अप्ठ्यारो भएको कारण इलेक्ट्रोनिक भोटिङ मेसिनमा जान ढिलो भएको समेत धारणा व्यक्त गर्नुभयो।इलेक्ट्रोनिक मेसिनमा गएपछि बदर हुने सम्भावना नहुने भएकाले इलेक्ट्रोनिक मेसिनको माध्यमबाट विधृतीय मतदानको लागी राष्ट्रिय निर्वाचन आयोगले अबको दिनहरुमा ध्यान दिनुपर्ने पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफ्नो धारणा व्यक्त गर्नुभयो।
Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.