Fast Nepal News

जनमुखी विकासको लागि राम्रो निती बनाउँछौ:-रविन्द्र कुमार श्रेष्ठ

काठमाडौँ क्षेत्र नंम्बर ७ का प्रतिनिधिसभा सदस्यकास्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठको समर्थनमा आज चुनावी मोटरसाईकल र्याली भव्यताका साथ सम्पन्न

banner single news
३० कार्तिक, काठमाडौँ-काठमाडौँ क्षेत्र नंम्बर ७ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठको समर्थनमा आज चुनावी मोटरसाईकल र्याली भव्यताका साथ आज भएको छ। उहाँको समर्थकहरूले सक्षम र सबल युवालाई अत्यधिक बहुमतले विजय गराउनुपर्छ भनेर समर्थन गर्दै आज उहाँको समर्थनमा मोटरसाईकल र्याली गरेको हो। मोटरसाईकल र्यालीमा काठमाडौँ क्षेत्र नंम्बर ७ का स्वतन्त्र उम्मेदवार सहित उहाँको समर्थकहरूको उल्लेखय सहभागिता थियो।
काठमाडौँ क्षेत्र नंम्बर ७ का स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठले उहाँको समर्थकहरूको समर्थनमा मोटरसाईकल र्याली भएको बताउनुभयो। यसैगरी आफूले विगतमा पर्यावरण संरक्षण, सम्पदा संस्कृति संरक्षण, गैरन्यायिक विस्थापन विरुद्धको आन्दोलन, खोकना किसान आन्दोलन, गुठी विधेयक विरुद्धको आन्दोलन ,कोभिड १९ विरुद्धको आन्दोलन, एमसीसी विरुद्धको ८ दिने पैदलयात्रा, नेपालको चुच्चे नक्सा कमिटी बसी समाज र राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुहुँदै जनमुखी विकासको लागि राम्रो कार्यनितिको निर्माण गर्ने प्रतिबद्धता आम मतदातासामु व्यक्त गर्दै आज चुनावी मोटरसाईकल र्यालीमा समर्थकहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको बताउनुभयो।
Inside Article Ads
Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.