Fast Nepal News

निर्वाचन आचारसंहिता सबैलाई समान रुपमा लागूहुनेछ-राष्ट्रिय निर्वाचन आयोग

banner single news

 

२२ कार्तिक, काठमाडौँ मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले कडाईका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने पक्षमा राष्ट्रिय निर्वाचन आयोग लागिपरेको छ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताउनुभएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देश र जनताको भाग्य निर्धारण गर्ने भएकाले यसमा साना वा ठूला दललाई पक्षपात नगरी निर्वाचन आचारसंहिता समान रुपमा लागू गर्ने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।

Inside Article Ads

आज निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको राष्ट्रिय निर्वाचन आयोगको प्रदाधिकारीले जनाएको छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.