
२१ कार्तिक, काठमाडौँ-मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको माहोल तातेको छ। चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस निकट काठमाडौं क्षेत्र नं. ५ मा नेपाल तरुण दलले यही कार्तिक १९ गते यती पार्टी प्यालेस सुन्धारामा वृहद तरुण भेलाको आयोजना गरेको थियो ।
वृहद तरुण दलले आयोजना गरेको चुनावी सभा कार्यक्रमको सभापतित्व तरुणदल क्षेत्र नं . ५ का सभापति तेजेन्द्र गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तरुण दल क्षेत्र नं . ५ का सचिव रत्न महर्जनले गर्नुभएको थियो। यसैगरी भेलामा हजार बढी तरुणहरुको सहभागिता रहेको सचिव महर्जनले जानकारी दिनुभयो।

नेपाल तरुण दल क्षेत्र नं . ५ समितिद्धारा आयोजित हजार भन्दा बढी तरुणहरुको भेलालाई काठमाडौँ क्षेत्र नंम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले चुनावी सभा लाई सम्बोधन गर्नुभएको थियो। चुनावी सभालाई सम्बोधन गर्दै देशैभरी युवा युवा भन्ने चौतर्फी आवाज आउदै गर्दा काठमाडौं निर्वाचन क्षेत्र न.५ मा युवा नेताको आगमनले आशा र बिश्वास पलाएको बताउँनुहुदै युवा नेताको सङ्गमले सुनमा सुगन्ध मिलेको समेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो धारणा व्यक्त गर्नुभयो। आउँदो निर्वाचनमा युवाको जोश र जागर ,अग्रजको आशिर्वाद , बौद्धिक बर्गको साथ
योजनाविदको सल्लाह, महिला आमा,दिदीबहिनीहरुको साथ आम जनमानसको आशा र भरोसा लाई
सार्थक बनाउन एकताबद्ध भएर लाग्न पनि पौडेलले सबैलाई आग्रह गर्नुभयो।
काठमाडौँ क्षेत्र नंम्बर ५ का प्रदेश सभा (क)- भैरब सापकोटा र प्रदेश सभा(ख)-श्याम बहादुर खड्का र आफूलाई रूख चिन्हमा अमूल्य मत दिएर विजय गराउन समेत प्रतिनिधिसभा सदस्य पौडेलले सभामा उपस्थित सबैलाई आग्रह गर्नुभयो।
