Fast Nepal News

गायक निप्पोन लामाको दोस्रो गीत ‘आँखाले’ सार्वजनिक

banner single news
१७ असार,काठमाडौं – अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामा र द भोइस  किड्स सिजन २ प्रतिस्पर्धी गायिका अस्मिक खवासको युगल गायनमा समावेश ‘आँखाले’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा शिवराज गुरुङको शब्द, संगीत रहेको छ।

गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्।  बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन्। शेखर लामा निर्माता रहेको गीतको भिडियोमा  गायक लामा र गायिका खवास फिचर्ड छन्। कलिलो उमेरका यी २ जना गायक गायिकाको आवाजमा निकै सम्भावना देखिन्छ।

आजको युवा पुस्तालाई मनपर्ने खालको गायन शैली भएका कारण दर्शक स्रोतालाई यो गीत मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  यसअघि १२ वर्षको उमेरमा  गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए।  नयाँ म्युजिक भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.