
गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन्। शेखर लामा निर्माता रहेको गीतको भिडियोमा गायक लामा र गायिका खवास फिचर्ड छन्। कलिलो उमेरका यी २ जना गायक गायिकाको आवाजमा निकै सम्भावना देखिन्छ।
आजको युवा पुस्तालाई मनपर्ने खालको गायन शैली भएका कारण दर्शक स्रोतालाई यो गीत मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ। यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए। नयाँ म्युजिक भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो।
