Fast Nepal News

तमाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संवाद २८५७ औ गाई बर्गको अवसरमा आयोजित स्वार्गीय कृतिमान बोमजोम तामाङ स्मृति प्रथम खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता २०७७ को उपाधि भुपु सैनिक आवसिय माध्यमिक विद्यालयलाई

banner single news

सुमित्रा भुजेल

बेसीशहर तमाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संवाद २८५७ औ गाई बर्गको अवसरमा आयोजित स्वार्गीय कृतिमान बोमजोम तामाङ स्मृति प्रथम खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता २०७७ को उपाधि भुपु सैनिक आवसिय माध्यमिक विद्यालयले हात पारेको छ ।
प्रतियोगितामा उपाधि हात पारेसंगै नगद रु १५ हजार र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा युनिभर्सल एकेडेमी मावि दितिया भएको छ । दितिया भएसंगै नगद रु ८ हजार र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा खुदी तामाङ समाज तृतीया भएको छ । तृतीया भएसंगै ४ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको नेपाल तामाङ संस्कृत घेदुङ संघीय सचिव आशिष तामाङले बताउनुभयो ।
प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम दितिया तृतीयालाई नेपाल तामाङ घेदुङ संघीय सदस्य सावित्रा तामाङले पुरस्कार वितरण गर्नुभएको थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.