Fast Nepal News

लमजुङ प्रदेश क बाट गठबन्धनका आशा लाग्दा उम्मेदवार डा. टकराज

banner single news

लमजुङ । लमजुङको राईनास–१०, प्यारजुङको कोकेगाउँमा वि.स. २०३१ मा जन्मिएका डा. टकराज गुरुङ एक आशा लाग्दा राजनीतिज्ञ हुन् । “हुने विरुवाको चिल्लो पात” भने झै उनी सानै देखी मेहनती थिए । त्यसो त उनमा अध्ययनप्रति बिशेष रुचि रहेको थियो र उनी मेधावी विद्यार्थीमा गनिन्थे । गुरुङले अमृत साईन्स क्याम्पसबाट आईएससी र बीएससीको अध्ययन सकाउदै त्रिभुवन बिश्वबिद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र ग्रामिण पर्यटन बिषयमा विधावारिधी हासिल गरेका छन् । पढाईसँगै बिद्यार्थी राजनीतिमा पनि जोडिएका गुरुङले नेपाल बिद्यार्थी संघको बिभिन्न भुमिका निर्वाह गर्दै अगाडि बढने क्रममा २०५३ सालमा नेपाल बिद्यार्थी संघ लमजुङ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष भए भने २०५४ सालमा नेबि संघ लमजुङको सभापति हुन सफल भए ।

नेबिंघ लमजुङको सभापति हुँदा तत्कालिन सांसद हरीभक्त अधिकारीलाई बिजयी गराउन उनले महत्वपूर्ण भुमिका खेलेका थिए । त्यस दौरानमा गुरुङमाथी बिपक्षीबाट सांघातिक हमला पनि भएको थियो । हजारौं बिद्यार्थीले पढ्ने देशभरका बिद्यार्थीको आकर्षणको केन्द्र त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघको तर्फबाट सभापति पदमा बिजय हाँसील गरेपछि गुरुङको चर्चा चुलियो ।

उनी देशभरका बिद्यार्थीमाझ लोकप्रिय बन्न पुगे । बिद्यार्थी राजनीति हुँदै नेपाली काँग्रेसको मुलधारको राजनीतितर्फ समाहित भएका डा. टकराज गुरुङले काँग्रेसको १२ औं जिल्ला अबिधेशनमा सर्बाधिक लोकप्रिय मतका साथ महाधिबेशन प्रतिनिधिमा निर्वाचित भए । देशको केन्द्रीय राजनीतिमा जोडिएका उनै गुरुङलाई नेपाली काँग्रेसले २०७० काे दाेस्राे संबिधानसभाकाे निर्वाचनमा ३९ बर्षको युवा उमेरमै लमजुङ क्षेत्र नं. १ को सांसदको रुपमा प्रस्तुत गर्न पुग्यो । केही प्राबिधिक कारणले गर्दा उनी झिनो मतान्तरले मात्र पराजित बन्न पुगे । काँग्रेसको १३ औं जिल्ला अधिबेशनमा उनले सभापति पदमा उम्मेद्वारी दिए तर झिनो मतान्तरले अर्को हार व्यहोरे । श्रङ्खलाबद्ध हारका बावजुद पनि उनले हरेस खाएनन् । हारबाट पाठ सिक्दै विजय लक्ष्यलाई पछयाउदै उनी पार्टीको आन्तरिक राजनीति र सामाजिक कार्यहरुमा अविचलित भई लागिरहे । यसक्रममा संगठन बिस्तार र आफनो प्रभावलाई तेज पार्दै अघि बढिरहे उनी । जनताको घरघरमा पुगेर जनसंपर्क स्थापित गर्दै गए । जिल्लाको समग्र बिकासका योजना बुन्दै मन्त्रालय धाए । केन्द्र र प्रदेशमा पहुँच राख्दै करोडौंका योजना जिल्लामा भित्र्याउन सफल पनि रहे । सायद, जनप्रतिनिधि नभएर पनि करोडौंका बहुबर्षिय योजनाहरु जिल्ला भित्राउने पात्रहरु मध्ये उनीपनि एक हुन् ।

Inside Article Ads

कुशल संगठक र बिकासवादी चिन्तन बोकेका गुरुङलाई काँग्रेसका थुप्रै नेता तथा कार्यकर्ताले पार्टीको १४ महाधिबेशनमा लोकप्रिय मतका साथ सभापतिमा बिजयी गराए । बिद्यार्थी राजनीतिमा केन्द्रमा र पार्टी राजनीतिमा जिल्लामा होमिएका गुरुङलाई नेपाली काँग्रेसले मात्र होईन लमजुङवासीले नयाँ आशा र भरोसाको रुपमा हेर्न थालेका छन् । पदमा बस्ने, मिठो बोल्ने तर काम नगर्ने प्रवृत्तिका बीच डा. गुरुङ आशाका केन्द्र बनेर उदाएका छन् । काम गर्ने नेताको रुपमा परिचित रहदै उनले संभावनाका ढोकाहरु खोल्दै लगेका पनि छन् । बौद्धिक नेताको छवि बनाएका गुरुङ असल, ईमान्दार, निडर र हक्की स्वभावले ओतप्रोत छन् । स्वच्छ छविका गुरुङ जिल्लाबासी माझ निकै लोकप्रिय पनि छन् । जस्तोसुकै परिस्थितीको पनि सामाना गर्दै अविचलित भई अगाडी बढन सक्ने खुवी उनमा विद्यमान रहेको छ । तसर्थ पनि उनी समग्र लमजुङबासीमाझ क्षमतावान र गुणवान् नेताका रुपमा स्थापित छन् ।

पार्टि राजनीतिमा सफल बन्दै गएका गुरुङ संसदीय राजनीतिमा पनि सफल भएर लमजुङमा बिकासको मुहान फुटाउन लालायित देखिन्छन् । पर्यटन बिकास, कृषि तथा उद्यमशिलतामार्फत लम्जुङलाई नयाँ उचाईमा पुर्याउने चाहना छ भने सोलाई सार्थक पार्न उस्तै योजना पनि साचेका छन् । अर्थात अवसरको पर्खाईमा छन् उनी ।

विकासवादी कर्म र जनताको सुखदुखमा साथ दिने बानीलाई देखेर होला लमजुङका धेरै जनताहरु डा. टकराज गुरुङको प्रदेश सभा क मा भएको उम्मेद्वारीले उत्साही देखिन्छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको बलियो प्रभाव, नेकपा एसको दरिलो साथ, स्थानीय निर्वाचनमा बिजयी भएका जनप्रतिनिधि र तटस्थ मतदाताको साथले डा.टकराज गुरुङको बिजय सुनिश्चित देखिन्छ । सम्भावित बिजयलाई उत्सवको रुपमा मनाउने सोचका साथ प्रदेश क का मतदाताहरु डा. टकराज गुरुङलाई रुख चिन्हमा र प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महासचिब देबप्रसाद गुरुङलाई हसियाँ हथौडामा मतदान गर्न पक्कै आतुर छन् ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.