Fast Nepal News

म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेबिड सिल्भालाई कोरोना संक्रमण

banner single news

काठमाडौं, भदौ १६ – म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेबिड सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्।

३४ वर्षे स्पेनका मिडफिल्डर सिल्भा यसै महीनामात्र म्यानचेस्टर सिटीबाट ला लिगाको क्लब रियाल सोसिडाडमा अनुबन्ध भएका थिए। १० वर्ष सिटीमा बिताएका सिल्भाले इङ्ल्यान्ड क्लबबाट ४३६ खेल खेलेका थिए। उनले सिटीबाट १४ उपाधि जितेका छन्।

उनमा कुनै लक्षण नदेखिएको र सेल्फ आइसोलेसनमा बसेको स्पेनिस क्लब रियाल सोसिडाडले जनाएको छ। सिल्भाले नयाँ एनोइटा रंगशालामा नयाँ क्लबको जर्सी सार्वजनिक गरेकै दिन कोरोना भाइरस संक्रमित भएको सोसिडाडले जनाएको हो।

‘‘सिल्भा कोरोना भाइरस संक्रमित भएका छन्,’’ रियाल सोसिडाडले ट्वीटमा लेखेको छ, ‘‘सिल्भामा कुनै लक्षण देखिएको छैन। उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्।’’

Inside Article Ads

सिल्भा २०१० मा भ्यालेन्सियाबाट सिटीसँग अनुबन्ध भएका थिए। सिटीसँगको सम्झैता सकिएपछि उनी रियाल सोसिडाडसँग दुई वर्षको सम्झौता गरेका हुन्।

स्पेनले २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा सिल्भा टीमका महत्वपूर्ण खेलाडी थिए।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.