Fast Nepal News

प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई भारत भ्रमणबारे जानकारी

शीतल निवासमा भएको भेटवार्तामा राजकीय भ्रमणको समीक्षा, समसामयिक विषयमा छलफल

banner single news

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण भेटघाट, छलफल तथा भ्रमणका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको बताइएको छ।

त्यसैगरी, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा समेत छलफल भएको छ।

Inside Article Ads

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यस भेटवार्तालाई भारतसँगको कूटनीतिक सम्बन्ध र पछिल्लो राजनीतिक परिस्थितिबारे उच्चस्तरीय जानकारी आदानप्रदानका रूपमा हेरिएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.