Fast Nepal News

निषेधाज्ञा मा निषेध

डायमण्ड जोशी

banner single news


निषेधाज्ञा लगाइदिएकै छ, बिस्तारै सबै ठीक हुन्छ’ भनेर गर्नुपर्ने कामै नगरी सरकार त्यसै हात बाँधेर बस्न मिल्दैन । आवश्यक ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा बढाउनैपर्छ ।

विश्वभर तिब्र गति मा फैलिरहेको महामारी कोरोना भाईरस कोभिड–१९ संक्रमण फैलनबाट रोक्न काठमाडौं उपत्यकालगायतका प्रमुख प्रभावित सहरहरूमा निषेधाज्ञा लगाइएको तीन साता नाघिसक्यो । अहिले त लगभग पूरै देशभर निषेधाज्ञा छ । तैपनि संक्रमितको संख्या ओर्लिन सुरु गरेको छैन ।

दिनहुँ आठ हजार हाराहारीमा नयाँ संक्रमित पुष्टि भैरहेकै छन् । परीक्षण गरिएकामध्ये संक्रमण पाइने दर ४० प्रतिशतबाट घट्न सकेको छैन । कुनै दिन झरिहालेमा फेरि बढ्ने गरेको छ । तसर्थ, सरकारले सम्पूर्ण रूपमा निषेधाज्ञामा मात्र भर नपरी प्रभावकारी ‘कन्ट्याक्ट ट्रेसिङ’ थालेर त्यहीअनुसार परीक्षणको मात्रा पनि बढाउनुपर्छ । र, निषेधाज्ञाकै क्रममा भैरहेका जनस्वास्थ्य मापदण्ड उल्लंघनका कार्यहरू रोक्नुपर्छ ।

विज्ञहरूका अनुसार परीक्षण गरिएकामध्ये ५ प्रतिशतभन्दा कममा संक्रमण पाइन थालेपछि मात्र निषेधाज्ञा हटाउनु उचित हुन्छ । तर यही हिसाबले त्यो स्थितिसम्म पुग्न निकै समय लाग्ने देखिन्छ । अहिले देखिएको नयाँ प्रजातिको भाइरस बढी संक्रामक र घातक भएकाले यसप्रति त्यसै खेलाँची गर्न पनि मिल्दैन । हाम्रो स्वास्थ्य पूर्वाधारले सहजै धान्ने र समुदायमा संक्रमण फाट्टफुट्टबाहेक नभएको अवस्थामा मात्रै निषेधाज्ञा हटाउन सकिन्छ । तर के ख्याल राख्नुपर्छ भने, हामी जति निषेधाज्ञा लम्ब्याउँदै लैजान्छौं, राष्ट्रिय अर्थतन्त्र र सर्वसाधारणको जीविकामा यसका पार्श्वप्रभावहरू त्यत्ति नै बढ्दै जान्छन् । त्यसकारण, सम्बन्धित निकायहरूले यो कठिन उपायबाट देशलाई जति सक्दो छिटो मुक्ति दिलाउनका निम्ति यथोचित कार्यहरू गर्नैपर्छ । ‘निषेधाज्ञा लगाइदिएकै छ, बिस्तारै सबै ठीक हुन्छ’ भनेर गर्नुपर्ने कामै नगरी सरकार त्यसै हात बाँधेर बस्न मिल्दैन । आवश्यक ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा बढाउनैपर्छ ।

जब संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान भएर उनीहरूको परीक्षण गरिन्छ तब मात्रै संक्रमणको साङ्लो चुँडाउन सम्भव हुन्छ । भाइरस सरेको व्यक्तिलाई जतिसक्दो छिटो पत्ता लगाएर ‘आइसोलेसन’ मा राखिन्छ, त्यति नै अरूलाई संक्रमण सर्ने सम्भावना हुँदैन । निषेधाज्ञाका बीच पनि यो विधिलाई प्रभावकारी रूपमा लागू गरेमा मात्रै एकाघरका सबैमा वा छरछिमेकमा संक्रमण फैलिने जोखिम कम हुन्छ । तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, गत वर्ष धेरथोर गरिएको कन्ट्याक्ट ट्रेसिङ यस पटक शून्यप्रायः छ । ‘क्वारेन्टिन’ को व्यवस्था पनि गत वर्षजस्तो छैन । परिणामस्वरूप, भाइरस पहाड उक्लिएको छ, गाउँगाउँमा फैलिएको छ । जताजतै जोखिम छ । यथोचित परीक्षण नहुँदा परिस्थितिको पूर्ण आकलनसमेत हुन सकेको छैन ।

जिल्ला–जिल्लाबाट समाचार आइरहेका छन्— कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नहुँदा संक्रमण नियन्त्रणबाहिर जाने जोखिम जताततै छ । संक्रमितको परिवारले अनुरोध गर्दा पनि पालिकाले एक सातासम्म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्य र आफन्तकै स्वाब संकलन नगरिदिएका दृष्टान्त छन् । आवश्यक सामग्री अभाव भएको भन्दै कति पालिकामा बीचबीचमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द गर्ने गरिएको छ । आफैं सक्रिय भएर परीक्षण गराउन चाहनेको त यस्तो अवस्था छ भने सरकार नै अग्रसक्रिय भएर परीक्षण गर्नु त परको कुरा भैहाल्यो ।

गत वर्ष संक्रमण देखिनासाथ स्वास्थ्यकर्मीहरू कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिएका थिए । यस पटक अपवादबाहेक त्यस्तो भएको पाइँदैन । कति स्थानमा पहिले–पहिले संक्रमितको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरिन्थ्यो, अहिले त लक्षण देखिएकाको मात्रै परीक्षण भइरहेको छ । पालिकाहरू बजेट छैन भनेर पन्छिने गरेका छन् । बजेटलगायतका आवश्यक स्रोतसाधनको जोहो गरिदिने जिम्मा संघीय सरकारको हो । त्यसैले स्वास्थ्य मन्त्रालयले नै यसमा विशेष चासो राख्नुपर्छ ।

महामारी रोकथाम तथा नियन्त्रणको उपाय भनेकै संक्रमणको सम्भावना भएकालाई पत्ता लगाउनु, परीक्षण गर्नु र संक्रमितलाई अवस्थाअनुसार उपचार गर्नुर् हो । तर, अघिल्ला दुई कार्य प्रभावकारी हुन नसक्दा संक्रमितको संख्या घट्न सकेको छैन, त्यसले अस्पतालमा चाप बढाएको छ । तत्काल खोप कार्यक्रम अघि बढ्ने सम्भावना पनि नरहेकाले सरकारले यसमा जोड दिन छाड्नु हुँदैन । स्वास्थ्य मन्त्रालयले गत महिना नै प्रदेश र स्थानीय सरकारहरूलाई कन्ट्याक्ट ट्रेसिङ फेरि सुरु गर्न र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न निर्देशन दिएको भए पनि यसको खासै पालना गरिएको पाइँदैन ।

यस्तो अवस्थामा संक्रमितको सम्पर्कमा आएकाहरू आफैं सचेत भएर घरमै अलग्गै बस्नुपर्छ । अर्को कुरा, भारतबाट भित्रिनेका लागि होल्डिङ सेन्टर बनाउने कार्यको गति पनि अत्यन्त धीमा छ, संक्रमणको एउटा स्रोत उताबाट आउने नै भएकाले यसतर्फ पनि उचित ध्यान दिइनुपर्छ । जिम्मेवार सबै अधिकारीहरूले बुझ्नुपर्छ— संक्रमणको स्रोतलाई नरोकेसम्म महामारी नियन्त्रणमा आउँदैन र त्यसका निम्ति गर्नुपर्ने उपयुक्त विधि भनेको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउनु नै हो ।सम्पादकिय
निषेधाज्ञा मा निषेध

डायमण्ड जोशी ।

विश्वभर तिब्र गति मा फैलिरहेको महामारी कोरोना भाईरस कोभिड–१९ संक्रमण फैलनबाट रोक्न काठमाडौं उपत्यकालगायतका प्रमुख प्रभावित सहरहरूमा निषेधाज्ञा लगाइएको तीन साता नाघिसक्यो । अहिले त लगभग पूरै देशभर निषेधाज्ञा छ । तैपनि संक्रमितको संख्या ओर्लिन सुरु गरेको छैन ।

दिनहुँ आठ हजार हाराहारीमा नयाँ संक्रमित पुष्टि भैरहेकै छन् । परीक्षण गरिएकामध्ये संक्रमण पाइने दर ४० प्रतिशतबाट घट्न सकेको छैन । कुनै दिन झरिहालेमा फेरि बढ्ने गरेको छ । तसर्थ, सरकारले सम्पूर्ण रूपमा निषेधाज्ञामा मात्र भर नपरी प्रभावकारी ‘कन्ट्याक्ट ट्रेसिङ’ थालेर त्यहीअनुसार परीक्षणको मात्रा पनि बढाउनुपर्छ । र, निषेधाज्ञाकै क्रममा भैरहेका जनस्वास्थ्य मापदण्ड उल्लंघनका कार्यहरू रोक्नुपर्छ ।

विज्ञहरूका अनुसार परीक्षण गरिएकामध्ये ५ प्रतिशतभन्दा कममा संक्रमण पाइन थालेपछि मात्र निषेधाज्ञा हटाउनु उचित हुन्छ । तर यही हिसाबले त्यो स्थितिसम्म पुग्न निकै समय लाग्ने देखिन्छ । अहिले देखिएको नयाँ प्रजातिको भाइरस बढी संक्रामक र घातक भएकाले यसप्रति त्यसै खेलाँची गर्न पनि मिल्दैन । हाम्रो स्वास्थ्य पूर्वाधारले सहजै धान्ने र समुदायमा संक्रमण फाट्टफुट्टबाहेक नभएको अवस्थामा मात्रै निषेधाज्ञा हटाउन सकिन्छ । तर के ख्याल राख्नुपर्छ भने, हामी जति निषेधाज्ञा लम्ब्याउँदै लैजान्छौं, राष्ट्रिय अर्थतन्त्र र सर्वसाधारणको जीविकामा यसका पार्श्वप्रभावहरू त्यत्ति नै बढ्दै जान्छन् । त्यसकारण, सम्बन्धित निकायहरूले यो कठिन उपायबाट देशलाई जति सक्दो छिटो मुक्ति दिलाउनका निम्ति यथोचित कार्यहरू गर्नैपर्छ । ‘निषेधाज्ञा लगाइदिएकै छ, बिस्तारै सबै ठीक हुन्छ’ भनेर गर्नुपर्ने कामै नगरी सरकार त्यसै हात बाँधेर बस्न मिल्दैन । आवश्यक ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा बढाउनैपर्छ ।

जब संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान भएर उनीहरूको परीक्षण गरिन्छ तब मात्रै संक्रमणको साङ्लो चुँडाउन सम्भव हुन्छ । भाइरस सरेको व्यक्तिलाई जतिसक्दो छिटो पत्ता लगाएर ‘आइसोलेसन’ मा राखिन्छ, त्यति नै अरूलाई संक्रमण सर्ने सम्भावना हुँदैन । निषेधाज्ञाका बीच पनि यो विधिलाई प्रभावकारी रूपमा लागू गरेमा मात्रै एकाघरका सबैमा वा छरछिमेकमा संक्रमण फैलिने जोखिम कम हुन्छ । तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, गत वर्ष धेरथोर गरिएको कन्ट्याक्ट ट्रेसिङ यस पटक शून्यप्रायः छ । ‘क्वारेन्टिन’ को व्यवस्था पनि गत वर्षजस्तो छैन । परिणामस्वरूप, भाइरस पहाड उक्लिएको छ, गाउँगाउँमा फैलिएको छ । जताजतै जोखिम छ । यथोचित परीक्षण नहुँदा परिस्थितिको पूर्ण आकलनसमेत हुन सकेको छैन ।

जिल्ला–जिल्लाबाट समाचार आइरहेका छन्— कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नहुँदा संक्रमण नियन्त्रणबाहिर जाने जोखिम जताततै छ । संक्रमितको परिवारले अनुरोध गर्दा पनि पालिकाले एक सातासम्म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्य र आफन्तकै स्वाब संकलन नगरिदिएका दृष्टान्त छन् । आवश्यक सामग्री अभाव भएको भन्दै कति पालिकामा बीचबीचमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द गर्ने गरिएको छ । आफैं सक्रिय भएर परीक्षण गराउन चाहनेको त यस्तो अवस्था छ भने सरकार नै अग्रसक्रिय भएर परीक्षण गर्नु त परको कुरा भैहाल्यो ।

गत वर्ष संक्रमण देखिनासाथ स्वास्थ्यकर्मीहरू कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिएका थिए । यस पटक अपवादबाहेक त्यस्तो भएको पाइँदैन । कति स्थानमा पहिले–पहिले संक्रमितको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरिन्थ्यो, अहिले त लक्षण देखिएकाको मात्रै परीक्षण भइरहेको छ । पालिकाहरू बजेट छैन भनेर पन्छिने गरेका छन् । बजेटलगायतका आवश्यक स्रोतसाधनको जोहो गरिदिने जिम्मा संघीय सरकारको हो । त्यसैले स्वास्थ्य मन्त्रालयले नै यसमा विशेष चासो राख्नुपर्छ ।

महामारी रोकथाम तथा नियन्त्रणको उपाय भनेकै संक्रमणको सम्भावना भएकालाई पत्ता लगाउनु, परीक्षण गर्नु र संक्रमितलाई अवस्थाअनुसार उपचार गर्नुर् हो । तर, अघिल्ला दुई कार्य प्रभावकारी हुन नसक्दा संक्रमितको संख्या घट्न सकेको छैन, त्यसले अस्पतालमा चाप बढाएको छ । तत्काल खोप कार्यक्रम अघि बढ्ने सम्भावना पनि नरहेकाले सरकारले यसमा जोड दिन छाड्नु हुँदैन । स्वास्थ्य मन्त्रालयले गत महिना नै प्रदेश र स्थानीय सरकारहरूलाई कन्ट्याक्ट ट्रेसिङ फेरि सुरु गर्न र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न निर्देशन दिएको भए पनि यसको खासै पालना गरिएको पाइँदैन ।

यस्तो अवस्थामा संक्रमितको सम्पर्कमा आएकाहरू आफैं सचेत भएर घरमै अलग्गै बस्नुपर्छ । अर्को कुरा, भारतबाट भित्रिनेका लागि होल्डिङ सेन्टर बनाउने कार्यको गति पनि अत्यन्त धीमा छ, संक्रमणको एउटा स्रोत उताबाट आउने नै भएकाले यसतर्फ पनि उचित ध्यान दिइनुपर्छ । जिम्मेवार सबै अधिकारीहरूले बुझ्नुपर्छ— संक्रमणको स्रोतलाई नरोकेसम्म महामारी नियन्त्रणमा आउँदैन र त्यसका निम्ति गर्नुपर्ने उपयुक्त विधि भनेको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउनु नै हो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.