Fast Nepal News

भाष्यकार आद्य जगद्गुरु श्री शंकराचार्य जयन्ती , रामानुजाचार्य जयन्ती

डायमण्ड जोशी

banner single news

शास्त्रं शरिरमीमांसा देवश्चन्द्रार्धशेखर:।
आचार्या: शंकराचार्या: सन्तु जन्मनि जन्मनि।।

भाष्यकार आद्यजगद्गुरु भगवान श्रीशंकराचार्यको इतिहासबाट यसरी दिगो दार्शनिक कुरा हरु को ज्ञान प्राप्त हुन सक्दछ। शंकराचार्यको प्रसंग मा यसअघि नेपाली तथा विश्व सनातन हिन्दू का लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि हो।

नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शङ्कराचार्य इतिहासमा प्रथम महिला शङ्कराचार्यबन्न सक्ने प्रबल सम्भावना छ । महिलाहरू डण्डी स्वामी हुन नपाउने तर शंकराचार्य हुन डण्डी स्वामी हुन जरूरी भएकाले यसअघि महिला शंकराचार्यको विषयमा केही विवाद पनि भएको हो ।


तर जेहोस्, यसपाला वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा प्रथम महिला शङ्कराचार्य हुने यात्राको अन्तिम खुड्किलोमा पुग्न साध्वी हेमानन्द गिरी सफल हुनुभएको छ ।

यसरी यो वर्षको शङ्कराचार्य जयन्ती वैदिक सनातन संस्कार अनि हिन्दू धर्मका अनुयायीका लागि अन्य वर्ष भन्दा फरक र गौरवमय पनि छ । शङ्कराचार्य आठौं शताब्दीका अद्वैतवादका प्रवर्तक दार्शनिक हुन् ।

यस वर्ष आधुनिक इतिहासका शङ्कराचार्य पिँढीबाट काँचीका शङ्कराचार्य जयन्द्र सरस्वतीको निधन भयो । यस वर्ष पीठहरूमा नयाँ शङ्कराचार्र्यको आगमनको चर्चाको उत्तरार्धमा उनको निधनले सारा हिन्दूलोक मर्माहित भएको छ ।
वैदिक सनातन हिन्दू संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।

भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् । उनले अध्यात्म दर्शन उजागर गरेका थिए ।

उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दू धर्मको संरक्षण भई हिन्दू नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्र्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।

धार्मिक मान्यता अनुसार शङ्कराचार्यलाई आदीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार, शङ्कराचार्यका पिता शिव गुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरूका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पूरा गर्न श्रद्धापूर्वक भगवान शिवको तपस्यामा लीन भए ।

उक्त तपस्याका प्रभावले भोले शंकरले शिव गुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिँदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रूपमा शङ्करलाई जन्म दिइन् ।

Inside Article Ads

तिनै शिवको अवतारका रूपमा जन्मिएका कारण उनलाई शङ्कराचार्य भनिएको थियो । शङ्कराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसैकारण उनी आदि गुरु शङ्कराचार्यका नामबाट प्रसिद्ध भए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दू दार्शनिक एवं धर्मगुरु शङ्कराचार्यको जन्म जयन्ती मनाइन्छ ।
शङ्कराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यु ९२० मा भएको थियो । आदि जगद्गुरु शङ्कराचार्यको २५२७ औं जन्म जयन्ती आज भव्यताका साथ मनाइँदैछ । शङ्कराचार्य जयन्तीका अवसरमा मठहरूमा पूजाआजा गरिन्छ ।
वैदिक विद्वानहरूले वेद पदहरू वाचन गर्छन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दू धर्मको उत्थानका लागि छलफल र प्रवचनहरू आयोजना गरिन्छन् ।

भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबीचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्र्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दिक्षा लिएको पाइन्छ ।

नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दू हासिल गरेको बताइन्छ । भारत वर्षका ४ कुनामा ४ वटा मठहरू स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शङ्कराचार्यले गरेको संरचना अझै कायम छ ।

भारत वर्षको लम्वाई र चौडाई हुनेगरी शङ्कराचार्यले सबैजसो भू–भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरूलाई पनि सनातन धर्ममा फर्काउने पावन कार्य शङ्कराचार्यले नै गरेको इतिहास छ ।

शङ्कराचार्य एउटा असल कवि पनि हुन् । सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शतकम् लगायत थुप्रै भक्तिपूर्ण कविताहरू शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शङ्कराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शङ्कराचार्य अमर रहुन् ।

रामानुजाचार्य जयन्ती

विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् ।

रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता बेदान्तका अनुयायी थिए । स्मरण गरौं, यस अदविता वेदान्त चाहिँ आदिगुरु शङ्कराचार्यले शुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।

रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तरमनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछन ।

Visited 169 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.