बलराम पौडेल
मा. वि. गणित शिक्षक
पद्मकन्या बिद्याश्रम डिल्लिबजार काठमाडौं
परिचय
प्रयोगशाला भन्नाले कुनै पनि प्रयोग सम्पन्न गर्ने व्यवस्थित कक्षाकोठालाई बुझाउँदछ। सामान्यतया हामिहरुले प्रयोग भन्ने बित्तिकै विग्यानसग जोडेर सम्झने गर्दछौं । कुनै पनि क्रियाबाट कसरी नतिजा प्राप्त भयो भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न प्रयोगमा सकिन्छ।तसर्थ सिकारुहरुलाई बुझाउन प्रयोग अनिवार्य गराउनु उपयुक्त हुन्छ। बालबालिकाहरुलाई जति बढी प्रयोगमा सम्लग्न गराउन सक्यो त्यति नै सिकाई प्रभावकारि हुनुका साथै उनिहरुको सिकाईमा सम्लग्नता वा अपनत्त्व आउँदछ, जस्ले सिकालाई अपेक्षित बनाउँदछ।प्रयोगले ूगरेर सिकू भन्ने भनाईलाई आत्मसात गरेको हुन्छ। अहिलेको सुचना र सञ्चारको युगमा आउँदा समेत प्रयोगलाई सबै विषयमा विस्तार गर्न सकेको अवस्था छैन । विश्वका विकसित मुलुक हुन वा अविकसित मुलुक हुन प्रयोगलाई सबै विषयमा पुर्याउन सकेको पाइदैन ।
गणितीय प्रयोगशाला त्यस्तो ठाउँ हो, जहाँ जो सुकैले पनि प्रयोग गरि नयाँ नयाँ तरिका तथा सोचाइको विकास गर्न सक्दछ। विभिन्न गणितीय खेलहरु , पजलहरु र शिक्षण सिकाईका लागि उपयुक्त्त हुने शिक्षण सामाग्रीहरुको व्यवस्था गणितिय प्रयोगशालामा राखिएको हुन्छ। त्यस्ता खेलहरु , पजलहरु तथा शिक्षण सामाग्रीहरुको प्रयोगले सिकारु तथा शिक्षकमा गणित र गणितीय क्रियाप्रती रुचि जगाउन सम्भव हुन्छ। आफुले जानेका कुनै विधि तथा पद्धतिलाई प्रयोग गर्ने अवसर प्राप्त गर्दछ , फलस्वरूप सिकारुहरुमा गणितप्रती विश्वास जगाउदछ।
गणितको प्रयोगशालाले विद्यार्थीहरुलाई गराईबाट गणितका क्रियाहरु आविस्कार गर्ने अवसर प्रदान गर्दछ। कतिपय अवस्थामा विद्यार्थीहरुलाई चुनौती थप्दछ भने कतिपय अवस्थामा अवसरको समेत सिर्जना गरेको पाइन्छ। गणितको प्रयोगशालामा गरिएको क्रियाकलापले बालबालिकाहरुलाई गणितलाई प्रत्यक्षिकरण गर्न, चलाउन तथा बुझ्न ठूलो सहयोग गरेको पाईन्छ। विद्यार्थीहरुमा रहेका गणितीय समस्याहरू बुझ्न तथा गणितीय स्वरूपको वारेमा सजिलै परिचीत हुने अवसर गणितको प्रयोगशालामा गरिएका क्रियाकलापहरुले प्रदान गर्दछ।
गणितीय प्रयोगशालामा सिकारुहरुले अनौपचारिक रुपमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै जान्छन्। तिनै क्रियाकलापबाट विभिन्न समस्याहरु सिर्जना हुन्छन्। त्यसरी सिर्जना भएका समस्या समाधानका लागि सिकारुहरु प्रयत्नरत रहने र अन्त्यमा नतिजा प्राप्त गर्ने सम्भावना रहन्छ। यस्ता प्रक्रियाबाट गणितलाई रुचिकर, सरल र व्यवहारिक बनाउन ठूलो सहयोग पुग्दछ। जब विद्यार्थीहरुले आफ्नो जिवनको हरेक क्षेत्रमा गणित रहेको महसुस गरि त्यसैमा रमाउने प्रत्यन गर्दछन् तब गणित सिकाई प्रभावकारि हुन पुग्दछ। गणितीय प्रयोगशालाले बालबालिकाहरुलाई गणित बुझ्ने, गणितमै चल्ने खेल्ने अवसर प्रदान गर्दछ।
गणितिय प्रयोगशालाको आश्यकतास् गणित विषयलाई विश्वका अधिकांस अभिभावक तथा विद्यार्थीहरुले ज्यादै कठिन बिषयको रुपमा लिने गरेको पाइन्छ। अभिभावक तथा बालबालिकाहरुको मनमा बसेको गणितको डर हटाउन गणितीय प्रयोगशालाले केही न केही भुमिका अवश्य पनि खेल्दछ। बालबालिकाहरुलाई गणितमा रमाउने वातावरण सिर्जना गर्ने काम गणितीय प्रयोगशालाले गर्दछ। ठोस बस्तु, नमुना, ग्राफ, चित्र, प्रत्यक्ष नापजाँच आदिको माध्यमद्वारा गणितप्रती रुचि जगाउने काम गणितीय प्रयोगशालाले गर्दछ। गणितीय प्रयोगशालाको आवश्यकतालाई निम्न बुदामा उल्लेख गर्न सकिन्छस्
१. सिकारुहरुको रुचि, आवश्यकता र अनुभवका आधारमा गणितीय क्रियाकलाप सञ्चालन गर्ने अवसर प्रदान गर्नाले,
२. आधारभूत गणितीय अवधारणाहरु ठोस वस्तुको माध्यमद्वारा तथा परिवेश र अवस्थाको माध्यमद्वारा बुझ्ने अवसर प्रदान गर्नाले,
३. ज्यामितिय विभिन्न तथ्यहरु र साध्यहरुलाई पेपर कटिङ र फोल्डिङको माध्यमद्वारा हेर्ने र प्रमाणिात गर्ने अवसर प्रदान गर्नाले ,
४. बालबालिकाहरुमा विषयवस्तुप्रती रुचि जगाउन तथा उनिहरुमा आत्मविश्वास जगाउन सहयोग गर्ने हुनाले
५. गणितका अवधारणाहरुलाई दैनिक जिवनका क्रियाकलापहरुसग सम्वन्धित गराउने अवसर दिर्जना गर्ने हुनाले,
६. सिकाईका क्रममा बालबालिकाहरुलाई विषयवस्तुमा शारीरिक तथा मानसिक रुपमा प्रत्यक्ष सम्लग्न गराउने हुनाले,
७. साथिसमुहसग तथा शिक्षकहरुसग खुलेर अन्तरक्रिया गरि गणितीय विषयवस्तु सिकाई गर्ने अवसर प्रदान गर्ने हुनाले,
८. शिक्षकले बालबालिकाहरिलाई बुझाउन कठिन भएका विषयवस्तुहरु ठोसवस्तु , नमुना , ग्राफ , चित्र , अन्य त्यस्तै साधनहरुको प्रयोग गरि स्पष्ट पार्ने अवसर प्रदान गर्ने हुनाले
९. तल्लो तहका विद्यार्थीदेखि माथिल्लो तहका विद्यार्थीहरुसम्म प्रत्यक्ष अनुभवबाट सिकाई गर्ने उचित अवसर प्राप्त गर्ने हुनाले,
गणितीय प्रयोगशालाको उद्देश्यस् हरेक बिद्यालयमा निर्माण गर्नुपर्ने आवस्यकता रहेको गणितीय प्रयोगशाला निर्माणका प्रमुख उद्देश्यहरु निम्नानुसार रहेका छन् ।
१. विद्यार्थीहरुलाई गरेर सिक का लागि अभिप्रेरित गर्न।
२. विद्यार्थीहरुमा सिकाईका लागि खोजी गर्ने बानिको विकास गर्न।
३. गणित शिक्षा र शिक्षणमा रहेका कमिकमजोरिहरु हटाउन ।
४. विद्यार्थीहरुमा आत्मविश्वास पैदा गराउन ।
५. विद्यार्थीहरुमा गणितप्रती रुचि जगाउन ।
६. कुनै पनि समस्या वा गणितीय समस्यालाई धेरै वटा कोणबाट चिन्तन गर्ने बनाउन ।
७. विद्यार्थीहरुलाई जिज्ञासु बनाउन।
८. विद्यार्थीहरुलाई गणितलाई वास्तविक जिवनमा जोड्न सक्ने बनाउन ।
९. विद्यार्थीहरुमा गणितीय धारणाहरु स्पष्ट बसाउन
गणितीय प्रयोगशालाको वर्तमान अवस्थास् विश्वव्यापी रुपमा गणित विषयलाई कठिन तथा जटिल विषयको रूपमा हेरिदै आएको छ। यस्तो सोचमा परिवर्तन ल्याउन विभिन्न समयमा विभिन्न खालका प्रत्यनहरु हुँदै आएको पाइन्छ। त्यस्तै प्रयत्नको फलस्वरूप विकसित भएको एउटा अवधारणा गणितीय प्रयोगशाला पनि एक हो। विभिन्न बिद्यालय तथा विश्वविद्यालयले विद्यार्थीहरुमा वास्तविक गणितको अवधारणा विकसित गराउन सामान्य खालको देखि विशिस्ट खालको गणितीय प्रयोगशाला स्थापन गरेको पाइन्छ तथापि विग्यान प्रयोगशाला जस्तो गणितीय प्रयोगशालालाई अनिवार्य र व्यवस्थित गरेको पाइदैन ।
नेपालमा एकादुई बिद्यालय तथा शैक्षिक सस्थाहरुले सामान्य प्रकृतिको गणितीय प्रयोगशाला निर्माण गरि आफ्ना विद्यार्थीहरुलाई गणितीय अवधारणा बुझाउने प्रत्यन गरेको पाइन्छ ।संघीय सरकार , प्रदेश सरकार तथा स्थानीय सरकार गरि नेपालमा ७६१ वटा सरकार रहेकोमा सबै सरकारले विग्यान प्रयोगशाला निर्माणका लागि बजेट छुट्यार विषेश व्यवस्था गरेको पाइन्छ तर गणितीय प्रयोगशाला निर्माण र सञ्चालनमा कुनै पनि सरकारले खासै चासो दिएर योजना तर्जुमा गरि बजेटको व्यवस्था गरेको पाइदैन । औंला भाँचेर गन्न सकिने एकाध शैक्षिक सस्थाले आफ्नै प्रयासमा यस्ता गणितीय प्रयोगशालाहरु निर्माण गरेको पाइन्छ ।
गणितीय प्रयोगशाला निर्माणका समस्या तथा चुनौतीहरु
१. बिद्यालयमा पर्याप्त मात्रामा कक्षाकोठा नहुनु
२. बिद्यालयमा पर्याप्त मात्रामा आर्थिक श्रोत तथा साधन नहुनु
३. राज्यले कुनै प्रकारको योजना तर्जुमा नगर्नु
४. सरकारले कुनै प्रकारको आर्थिक सहयोग उपलब्ध नगराउनु
५. हरेक बिद्यालयमा दक्ष तथा तालिम प्राप्त शिक्षकको व्यवस्था गर्न नसक्नु
६. कतिपय शिक्षकले सामाग्री निर्माण तथा प्रयोगशाला निर्माणमा सक्रियता नदेखाउनु
७. गणितीय सामाग्री निर्माण कार्य झन्झटिलो हुनु
८. विद्यालय प्रशासनले पनि गणितीय प्रयोगशाला निर्माणमा अरुची देखाउनु
समस्या समाधानका प्रमुख उपायहरू
१. सघिय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले गणितीय प्रयोगशाला निर्माणका लागि निश्चिति योजना तर्जुमा गर्नुपर्ने
२. संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले गणितीय प्रयोगशाला निर्माणका लागी आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने
३. हरेक बिद्यालयमा तालिम प्राप्त तथा दक्ष शिक्षकको व्यवस्था राज्यले गर्नुपर्ने
४. बिद्यालयमा पर्याप्त कक्षाकोठाको व्यवस्था हुनुपर्ने
५. बिद्यालयले पनि आवश्यक श्रोत साधनको व्यवस्था गर्नुपर्ने
६. शिक्षकले गणित सिकाईलाई रुचिकर बनाउने आफ्नो दायित्व सम्झनु पर्ने
७. बिद्यालय प्रशासन , शिक्षक , अभिभावक तथा विद्यार्थीहरु सबै पक्ष सक्रिय बनी अगाडि बढ्नुपर्ने
८. निर्माण गरेका सामाग्रीहरुलाई उचित ठाउँमा राख्ने व्यवस्था हुनुपर्ने
९. भण्डारण गरिएका गणितीय सामाग्रीहरुको तथा प्रयोगशालाको सरसफाइमा विशेष ध्यान दिइनुपर्ने
१०. बिद्यालय प्रशासनले सक्रिय शिक्षकलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नुपर्ने
११. स्थानीय रूपमा निर्माण गर्न सकिने सामाग्री निर्माणका लागि शिक्षकले विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने र बजारमा किन्न पाउने सामाग्री खरिदका लागि बिद्यालयले सहजीकरण गरिदिने