Fast Nepal News
Banner Below header

स्वयम्भू घुम्न अाउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो ।

बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकाले घुम्ने, दर्शन गर्ने उपयुत्त केन्द्र वनेकाे छ स्वयम्भु

banner single news

प्रकाश कपाली
काठमाडाैं । विश्वका बौद्ध धर्मावलम्बीहरूको धर्म र आस्थाको केन्द्र स्वयम्भु मन्दिरमा अान्तिरक र वाह्रय पर्यटककाे घुइचाे लाग्न थालेकाे छ । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकाले घुम्ने, दर्शन गर्ने उपयुत्त केन्द्र वनेकाे छ स्वयम्भु । धार्मिक र ऐतिहासिक महत्व रहिआएको यसकाे महत्व रहेकाे स्थानियहरू वताउछन्। स्वयम्भू पुराणमा उल्लेख भए अनुसार,बौद्ध धर्मावलम्बीहरुकाे लागि स्वयम्भुको धार्मिक र एेतिहासिक महत्व रहेकाे छ । ‌स्वयम्भूको इतिहासलाई हेर्दा त्यस स्थानमा ठूलो तलाउ थियो, प्रकृतिक दृष्टिकोणले अत्यन्त सुन्दर थियो, तलाउमा विभिन्न कमलको फूललहरू फुलेका थिए, सत्ययुगको समयमा धर्म धातु सेसाको रुपमा सर्व बुद्ध हरूको पृथ्वीमा आगमन भएकाे पाइन्छ। यसै समयमा स्वयम्भूमा हजारौ रत्नले बनेका सर्व बुद्धहरू को आगमन साथै मानवको कल्याण र हितकालागि सर्व बुद्धहरुको उत्पत्ति भएकाे कुरा स्वयम्भू पुराणमा उल्लेख गरिएकाे छ।
यसैगरी काठमाडौंलाई अरूना नागर भनिन्थ्यो।लाङ्गदोलुइदेल शास्त्रका अनुसार, बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछिकाे अवस्थामा यस स्थानमा आर्यहरु सहित भ्रमण गर्न आएका थिए उनीहरूले भ्रमण गरी राख्दा भगवान बुद्धले स्वयम्भु लाई यसरी प्रशंसा गर्नुभयो। अतितका सर्व बुद्धहरू को चित्त तिलक जसमा सर्व बुद्धहरूले वास गरेका थिए। त्यसैले ज्ञान प्राप्तिका लागि यै पवित्र स्थानमा बस्छु भनेर बुद्धले त्यस स्थानमा पुजा गनुभएकाे उल्लेख गरीएकाे छ । स्वयम्भूमा पूजा गरिसकेपछि ५५३ वटा कमलको फूललहरू अचानक देखापरे बुद्धका चेलाहरुले ५५३ वटा कमलको फूल उत्पत्ति हुनको कारण बारे सोधे। भविष्यमा यस स्थानमा धेरै गुम्बा र मन्दिर हरुले भरिपूर्ण र पबित्र क्षेत्र हुनेछ भनि बुद्ध भगवानले भविष्यवाणी गरे साथै उनले भविष्यमा धेरै बुद्धहरुकाे आगमन हुनेछ भनेर समेत भविष्यवाणी गरीएकाे पाइन्छ ।
लाङ्गोलुइडेल शास्त्रका अनुसार भगवान मन्जुश्री र अन्य बज्राचार्य महिलाहरु पनि यस क्षेत्रमा घुम्न आएका थिए।त्यस समयमा भगवान मञ्जुश्रीले खड्गले काटेर पोखरीको पानी तल पठाइदिए। यसपछि स्वयम्भू भूमिको रूपमा परिणत भयो। यहाँ मानिसहरुले खेती किसानी र बसोबास गर्न थाले। बिस्तारै यहाँ मन्दिर चैत्य गुम्बा‌ आदि बन्न पुग्यो। नेपालका बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएकाले यहाँका अधिकांश नेवार समुदायहरु स्वयम्भू घुम्न र भगवान को दर्शन गर्न जाने गरेकाे पाइन्छ । यसैगरी आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउँछन्, भगवानको दर्शन गर्नाले अकल्पनीय ज्ञानले भरिपूर्ण हुने धार्मिक जनविश्वासका कारण‌ विश्वका विभिन्न देशहरुबाट बौद्ध धर्मालम्बीहरु अाउने गरेकाे स्वयम्भुका गरूहरू वताउछन्। स्वयम्भु संरक्षण समितिका अध्यक्ष अमर बज्राचार्य अनुसार, बौद्ध धर्मालम्बीहरु बाहेक विभिन्न व्यक्तिहरू यहाँको वातावरण अवलोकन गर्न एवं धार्मिक तथा संस्कृतिक महत्व बुझ्न यस स्थानमा घुम्न आउने गर्छन्। स्थानीयका अनुसार, सर्व बुद्धहरूको दर्शन गर्न पर्यटकहरू आउने गरेका छन् । यसैगरी स्वयम्भुको महत्त्व बुझ्न र अध्ययन गर्न यहाँ अन्तरिक र बिदेशी पर्यटकको आगमन दिनप्रतिदिन बढ्दै गएको स्वयम्भू संरक्षण समितिका अध्यक्ष एवं समाजसेवी बज्राचार्यका अनुसार। अान्तरीक पर्यटक सीता केसी पनी यस क्षेत्रमा भगवानको दर्शन र घुमफिर गर्न अाउने गरेकाे बताउछिन्। यसैगरी कतिपय युवायुवतीहरु फुर्सदको समयमा भगवानको दर्शन गर्ने उद्देश्य र यस ठाउँको प्रकृतिक सुन्दरताको अवलोकन गर्ने हिसाबले अाउने गरेकाे पाइन्छ। िवक्रम महत पनि स्वयम्भु िनएमित घुम्ने गर्दछन , उनि प्राकृतिक दृष्टिकोणले अवलोकन गर्ने उद्देश्यले एवं भगवान दर्शन गर्ने उद्देश्यले घुम्न आएको बताउनुहुन्छ। यसैगरी िवमला महर्जन अजिमाको पूजा गर्न आएको बताउनुहुन्छ। उनका अनुसार यहाँ अजिमाको पूजा गर्नाले बालबच्चाको रक्षा हुने धार्मिक जनविश्वास रहेकाे छ।
यसैगरी पेमा लामाले आफू गुम्बा घुम्न आएको बताउनुभयो। यसरी गुम्बा वरिपरि घुम्नाले पुण्य पाउने धार्मिक जनविश्वास छ। यसैगरी विभिन्न देशबाट पर्यटकहरू यहाँको इतिहासमा धार्मिक महत्व बुझ्न घुम्न आउँछन्। यसबाट के कुरा प्रष्ट हुन्छ भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्न र यसको महत्त्व बुझ्नका लागि घुम्न आउँदछन्। यसैले क्षेत्रहरुमा स्वयम्भू क्षेत्रहरुमा अन्तरिक र बाह्य पर्यटकहरूको ठूलो संख्यामा घुइँचो लाग्छ। स्वयम्भू क्षेत्र धार्मिक र सांस्कृतिक हिसाबले आफैंमा महत्वपूर्ण त छदैछ। योसँगै आजभोलि पर्यटकिय स्थलको रुपमा पनि यसको महत्व रहिआएको छ।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.