
प्रकाश कपाली
१० माघ, काठमाडौँ- पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयले हीरक महोत्सवका अवसरमा आज शैक्षिक प्रदर्शनी आयोजना गर्यो। शैक्षिक प्रदर्शनी कार्यक्रममा मैले पनि सहभागी हुने महत्वपूर्ण हुने अवसर प्राप्त गरे। विभिन्न कक्षाको छात्रा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनीमा आफूले सिर्जना गरेका शैक्षिक सामग्रीहरु प्रदर्शन गर्दै थिए।
शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले प्रदर्शनमा राखेका शैक्षिक सामग्रीहरु हेर्दै जादा म स्टल नंम्बर ८ मा पुगे।स्टल नंम्बर ८ मा ३ जना छात्रा विद्यार्थीहरुले काठमाडौँ सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्नुपर्ने विषयमा शैक्षिक सामग्री प्रदर्शन गरेका थिए। मेरो ध्यान काठमाडौँलाई स्मार्ट सिटी बनाउने विषयमा ती छात्रा विद्यार्थीहरुले रचना गरेका शैक्षिक सामग्रीहरुतर्फ मोडियो। मैले जिज्ञासा राखे के शैक्षिक सामग्रीहरुमा देखाएको जसरी काठमाडौँ सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न सकिन्छ? छात्रा विद्यार्थीहरुले मेरो जिज्ञासा र महत्वपूर्ण पश्नको जवाफ दिँदै मलाई भने हामी सबैले चाह्यौ भने काठमाडौँलाई प्रदूषण मुक्त सहर,दिगो विकासमा अब्बल सहरको रूपमा विकास गरी हाम्रो देशको राजधानी काठमाडौँलाई स्मार्ट सिटीको रूपमा विकास गर्न सक्छौँ भनेर मलाई मैले सोधेको पश्नको उत्तर दिए।
छात्रा विद्यार्थीहरु जसले काठमाडौँलाई स्मार्ट सिटीको रूपमा विकास गर्न सकिन्छ भन्ने नमुना तयार गरे। मैले गहिरिएर मनन गरे साच्चै यी भर्खरै आफ्नो शैक्षिक यात्राको गन्तव्यमा हिडेको व्यक्तिहरुले काठमाडौँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने सपना देख्नु साधारण कुरा भने होईन।
काठमाडौँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने ति छात्रा विद्यार्थीहरुबाट मैले के महशुस गरे भने आजका छात्रा विद्यार्थीहरुले भोली देश निर्माणको यात्रामा अवश्य योगदान दिनेछन्। काठमाडौँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने सपनालाई विपनामा रूपान्तरण गर्नेछन् र देश विकासको निर्माणमा अमूल्य योगदान दिनेछन् भन्ने स्मरण गर्दै स्टल नंम्बर ८ का छात्रा विद्यार्थीहरुलाई अमूल्य मत दिएर पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयबाट बिदा भए।