Fast Nepal News

“मृतक महिला प्रहरी उर्मिला श्रेष्ठ देश र समाजको सुरक्षा गर्ने कसम खाएको एक चेली यहि पोसाकमा बिदा हुनु पर्यो”

" एक नारिको न्यायको लागि अर्को नारिकै हत्या गरेर न्याय चै कसले पायो"

banner single news

पारस श्रेष्ठ

लेटाङ्गको वडा न. ५ स्थित विद्यालय क्षेत्रमा शिक्षक मनोज प्रसाद पौडेलद्वारा सोही विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा बलात्कृत भएकी छन बलात्कारकोघटना बाहिरिएसँगै चैत ६ गते आइतबार विद्यालय परिसर तनावग्रस्त बन्यो अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरूसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका छन् उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् भने एकजना महिला सुरक्षाकर्मीकि माथि झडपका क्रममा महिला प्रहरीमाथि छुरा प्रहार भएको थियो
घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे ६ महिला प्रहरीसहित ३० जनाको टोली घटना नियन्त्रणका लागि लेटाङ पुगेको थियो। बेलुका करिब साढे ७ बजे घटनास्थल पुगेको टोली विद्यालय परिसर भित्र पस्न नपाउँदै आक्रोशित भीडले आक्रमण गरेको थियो। छुरा प्रहार भइ मृत्यु भएकी उर्मिलाश्रेष्ठ र उनका केही सहकर्मीमाथि आक्रोशित भीड राति करिब साढे आठ बजे खनिन पुग्यो। थकित उर्मिलाको हात पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घिसारिन्। उमिला कि सहकर्मी साथीले भनिन्, ‘हामी निक्कै थाकेका थियौं। सहकर्मी साथीलाई उर्मिलाले हात नछोड्नु है दिदी भनिरही। मैले जबरजस्ती घिसार्ने प्रयास गरिरहे। एकाएक आठ दस जनाको हुलले हामीलाई ढुंगा, बोतल, लाठीले प्रहार गर्‍यो। दुवैजना नालामा खस्यौं। हामी जीवनरक्षाका लागि हार गुहार गरिरह्यौं आक्रोशित भीडले उर्मिलामाथि निर्मम् प्रहार गरिसकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भीडले उर्मिलालाई शहिद बनाइसकेको भन्दै थियो। ।उर्मिलाको घरबेटी लामाका अनुसार गत वर्ष बैशाखमा खोटाङकी उर्मिलाको उदयपुरका प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो। विवाह पश्चातसमेत राम्ररी दुवै जनाले समय विताउन पाएका थिएनन्।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.