
प्रकाश कपाली। उपत्यकाको आसपासमा रहेको जिल्ला काठमाडौँ महानगरपालिकामा लामो समयदेखि फोहोर व्यवस्थापनमा हुन नसक्दा काठमाडौ महानगरपालिकामा बसोबास गरिरहेका जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ। सडकमा फोहोर लामो समयदेखि उठ्न नसक्नुले काठमाडौ महानगरपालिकामा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरुले फोहर व्यवस्थापन गर्न स्थानिय सरकारलाई निरन्तर दबाब दिइरहेका छन्। फोहोर व्यवस्थापनको लागि स्थानीय सरकारलाई दबाब दिई रहदाँपनि काठमाडौँ महानगरपालिकाले व्यवस्थापनमा ध्यान नदिएको काठमाडौँ महानगरपालिकाका आम सर्वसाधारणहरुको गुनासो रहेको छ। यसैगरी काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले बञ्चरे डाँडाका स्थानीय बासिन्दाहरुले ३००० मिटर जग्गा फोहोर फाल्नका लागि काठमाडौ महानगरपालिका र बञ्चरे डाँडाका सम्बन्धित स्थानीय निकायको सहमतिमा अधिकरण गरेको कारण बञ्चरे डाँडाका स्थानीय बासिन्दाहरुले मुआब्जा नदिएको कारण लामो समयदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको बताउनुभयो। यसैगरी काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बञ्चरे डाँडाका स्थानीयवासी व्यक्तिहरुसँग छलफल गरेर काठमाडौ महानगरपालिकामा रहेका फोहोर व्यवस्थापनमा महानगरपालिकाले ध्यान दिने डंगोलको भनाई छ। यसैगरी काठमाडौ महानगरपालिकामा व्यवस्थापन हुन नसक्दा यहाँका स्थानीय बासिन्दाहरुले फोहोर व्यवस्थापनका लागि उचित कानुनी व्यवस्था गरिनुपर्ने र जनताको स्वास्थ्यको हक माथि खेलबाड गर्न नहुने तर्क व्यक्त गरेका छन्। काठमाडौँ महानगरपालिकाले समयमै फोहोर व्यवस्थान गर्न नसक्दा काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानहरु काठमाडौँको फोहोरमाण्डौ भन्ने भनेर तर्क गरिरहेका आम सर्वसाधारणहरुको समस्यालाई समयमै समाधान गरी काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायको ध्यान दिई समस्याको समाधान तर्फ अग्रसर हुनु अति नै आवश्यक देखिन्छ।

Dherai ramro xa
Yeston kura ma lekh sabai patrakar le lekhnhu parxa