Fast Nepal News

प्रजातन्त्र दिवस विशेष

प्रकाश कपाली

banner single news

१०४ वर्ष राणा शासनबाट मुक्त भई जनताको हकअधिकार मुलुकमा स्थापित गराउन सफल भएको हुनाले प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ। वीर सहिदहरुको अमूल्य योगदान र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय अगुवाहरू र नेपाली जनताको योगदानले मुलुकमा जहानियाँ शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।वि.सं २०१५ सालमा प्रजातन्त्रको उदय लगत्तै जनताले निर्वाचित गरेको सरकार मुलुकमा स्थापित भएको थियो। जनताको ईच्छा आंकक्षा र चाहनाको कदर गर्दै प्रजातन्त्रको स्थापनाले मुलुकमा जनताको हकअधिकार सुनिश्चित र स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। प्रत्येक वर्ष फागुन ७ गते मनाउँदै आएको प्रजातन्त्र दिवस ७१ औं वर्षमा प्रवेश गरेको छ। मुलुकमा प्रजातन्त्रको स्थापना गर्न नेपाली जनता र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय अगुवाहरूको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ‌वर्तमान मुलुकको शासन प्रणाली र राज्य व्यवस्थालाई हेर्ने हो भने हाम्रो मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गराउने जग प्रजातन्त्रिक आन्दोलन भएकोले विगतमा प्रजातन्त्र स्थापनाका लागि हाम्रो अग्रजहरूले दिएको योगदानलाई कहिले भुल्नुहुँदैन।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.