Fast Nepal News

समाजसेवी हुन उमेरले छेक्दैन

कान्छा समाजसेवी अल्बर्ट खड्का आफ्नो लागि भन्दा अरुको लागि चिन्ता व्यक्त गर्ने मानिस नै महान हुन्छ भन्ने विचारलाई लिएर हाल समाजसेवामा होमिएका छन्

banner single news

डायमण्ड जोशी/प्रकाश कपाली। दोलखा जिल्ला तामाकोशी गाउँपालिकामा जन्मेका कान्छा समाजसेवी अल्बर्ट खड्का सामाजिक कार्यमा सक्रिय र निस्वार्थ भई लागिरहेका छन्। कान्छा समाजसेवी अल्बर्ट खड्का आफ्नो लागि भन्दा अरुको लागि चिन्ता व्यक्त गर्ने मानिस नै महान हुन्छ भन्ने विचारलाई लिएर हाल समाजसेवामा होमिएका छन्। असल विचार लिएर समाजसेवामा सक्रिय रहेका कान्छा समाजसेवी भोकमरीको चपेटामा रहेका रहेका अपाङ्ग, असहाय, दुखी र बेवारिसे पीडितहरुका लागि निशुल्क खाना वितरण गर्दै गरेको भेटिन्छन्। कान्छा समाजसेवी अल्बर्ट खड्का समाजसेवा आफूले धन कमाउने उद्देश्यले नभई दुःखी गरिबको सेवा गर्ने उद्देश्यले आफूले समाजसेवा गरेको तर्क व्यक्त गर्दछन्। धन कमाएर घमण्ड गरेर आखिरमा मरी लानु केहि छैन भन्ने उनले आफ्ना गहकिला तर्कहरु व्यक्त गरेका छन्। उनी भन्छन् जति समयसम्म आफ्नो यस संसारमा सास रहन्छ त्यति समयसम्म आफूले बेवारिसे आमाबुबा र नानीहरूको सेवा गर्ने तर्क समेत व्यक्त गरेका छन्। दुखी पीडितको सेवा गरी आफूले उहाँहरूबाट प्राप्त आशिर्वाद कमाउन चाहेको पनि उनले तर्क व्यक्त गरेका छन्। करिब १० जना गीत पीडित बालबालिकाहरूलाई उच्च शिक्षासम्म अध्ययन गराउर्ने उनले महत्वपूर्ण जिम्मेवारी लिएका छन्। यसरी समाजसेवा गर्न साह्रै गाह्रो भएको सम्झेर उनी भावुक हुँदै आफूलाई समाजसेवामा जीवनभर तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.