Fast Nepal News

समिरको मुक्तकको चित्रण

नजिकैको सिंहदरबार भनिने स्थानीय निकाय ले जनताको प्रतिनिधित्व गरेको खै त?

banner single news

-डायमण्ड जोशी
हिजो क्रान्ति र परिवर्तन का नारा लगाउने, हामी आएपछी देशमा साम्यवाद आउँछ, किसान र मजदुर का दिन आउँछन्, सबैको पद प्रतिष्ठा र रोजगार को सुनिश्चितता हुन्छ। गाउँ गाउँ मा सिंहदरबारको अधिकार जनता का लागि सुनिश्चित हुन्छ, सर्वहारा वर्गको नेतृत्व गर्ने र सर्वहारा देशको सम्मानित पदको निकट मा १००% हुन्छन, भन्दै चिल्ला गफ गर्दै हजारौं को रगतमा होली खेल्नेहरु, खै कता छन? देशको सर्वोच्च पदमा पटकौँ पटक पुगिएकै छ त। खै त भाषणहरु र बोली पुरा गरेको! नजिकैको सिंहदरबार भनिने स्थानीय निकाय ले जनताको प्रतिनिधित्व गरेको खै त? गर्छ होला तर सरकारमा रहेका राजनैतिक दलको मतियार बन्नुपर्छ, घण्टौँ लाईनमा बस्दा पनि कसैले केहि सोध्दैन!

जगतराज जोशी (समीर) कुनै विद्रोहि र मुक्तकमा भनिए झैँ क्रान्ती का खलनायक नभई स्वतन्त्र साहित्यका युवा रचनाकार हुन। न त उनी कुनै राजनैतिक दल वा संगठनका नेता हुन्, न त माओत्सेतुङ का आदर्शको खिल्ली उडाउने कम्युनिस्ट! उनी त स्वतन्त्र गजल, गित, मुक्तक, कविता, जस्ता थुप्रै साहित्य रचना गर्ने साहित्यिक नाट्यकार हुन्।
समिर को जन्म चौकुने गाउँपालिका गुटुमा भएको हो। सदाबहार उनका यस्ता तथा थुप्रै विषयवस्तुमा कलमले पोतिएका रचना हरु छन। समीर सुर्खेतको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चौकुने गुटु-८ का प्रधानाध्यापक समेत रहेका छन। शिक्षण पेसा मा आवद्ध समीर अन्य सामाजिक नाटक तथा समाजसेवामा पनि व्यवहारिक तत्पर व्यक्ति हुन्।

प्रस्तुत मुक्तक

मैले विद्रोह गरेको हद भएर हो।
मान्छे जति सबै बद भएर हो।

मान्छे कुकुर बिराला किन बनेका छन् थाह छ।
मात्रै एउटा त्यस्तो पद भएर हो।

प्रस्तुत रचनामा रचनाकारले २ शब्दमा नै हजारौं बिद्रोहीले लुकाउन खोजेको आवाजलाई बोलीरहेका छन, र मुक्तकमा मुक्तककार जोशी विगतमा जे भएको थियो त्यसैगरी (काल्पनिक विद्रोही) को रुपमा फेला परेका छन।
मुक्तकमा मुक्तककारले आफुलाई बिद्रोही राजनैतिक दलको मतियार प्रस्तुत गरेका छन।

Inside Article Ads

मुक्तककार जगतराज जोशी (समीर) स्वतन्त्र साहित्य रचनाकार हुन्। वि.सं. २०७० सालको विजयादशमी तथा शुभ- दिपावलीको अवसरमा नेपाली काँग्रेसको भातृ संगठन नेवि संघको मुक्त कण्ठमा प्रकाशित मुक्तक ले निकै हृदयस्पर्शी र पारदर्शीता को व्यंग्य चित्रण गरेको छ।

प्रस्तुत मुक्तकले स्वयम् विद्रोही बनेकाहरुलाई प्रेरणा दिने र जनताको आवाज बन्छौँ भनेर कुर्लिने हरुलाई खुलमखुल्ला चुनौती दीएको छ। चुनौती र चेतावनी दिँदै मुक्तकमा मुक्तककार निकै जंगिएका छन। मुक्तकारले पहिलो सेरको अंशमा नै आफू बिद्रोही स्वभावको भएको र जनतालाई हदैसम्म दुख दिएको भन्दै स्वतन्त्र रुपमा बोलेका छन् । मुक्तकको पहिलो अंशमा निकै हृदय स्पन्दन हुने गरि प्रेरणा सहितको व्यङ्ग्य हानिएको छ।
यहाँ मुक्तककारले विगतमा घटित घटनाहरुको प्रतिनिधित्व गर्दै लड्दै भड्दै, काखमा खेलीरहेको, आमाका अमृतरुपी दूध चुसिरहेको काखेबालक, हाम्री जननिहरुका निर्दोष श्रीमानहरु, पढ्दै पढाउँदै गरेका शिक्षक, विद्यार्थी हरुलाई गोली हानी अथवा विभिन्न हातहतियार वा जुनसुकै अस्त्रले चुडाएर लिएको अवस्था को चित्रण गरेका छन। उनले मुक्तकमा सिधा रुपमा आफुले तिँ कलकलाउँदा जवानी भएका हरुलाई युद्ध को रणमैदान मा ल्याई संग्राम गर्न लगाएका छन। र ठाडै आफुले मान्छेहरुलाई मारेको कुरा व्याङ्यात्मक रुपमा बोलेका छन।

मुक्तकको दोश्रो सेरको अंशमा मुक्तककार जोशीले विगतमा जे भएको थियो त्यसैगरी (काल्पनिक विद्रोही) कै रुपमा चिल्ला भाषण दिईरहेका छन। सामान्य मान्छेपनी सरकार वा अग्र पङ्तिका हौँ भन्नेहरु ठुलाबडाहरुको निकटतम भै देशको सम्मानित पदमा पुगेपछी कसैलाई टेड्दै नटेढ्ने हेर्न पनि ठुलै बन्ने र आफू भन्दा अरु कोहि ठूलो बन्न खोज्यो भने रिसको रातो पिरो पसिनामा डुबुल्की मार्ने खालका मान्छे हरु भएको भन्दै भाषण हानिरहेकाछन। मुक्तककारले यस्ता मानिसलाई कुकुर र बिराला को संज्ञा दिएका छन। प्रतिष्ठित पदमा पुग्यो कि पदको दुरुपयोग गर्दै अनेकौँ सम्झौता गर्न पछि नपरेको उनले मुक्तकमा प्रस्तुत गरेका छन।।

प्रस्तुत मुक्तकले देशमा किसान का लागि कृषि मा क्रान्ति, शैक्षिक क्षेत्रका लागि शिक्षा मा क्रान्ती, यस्ता खालका थुप्रै परिवर्तन का संज्ञा हरु दिँदै जनतालाई आफ्नो बनाएको र आफू सत्ता मा गैसकेपछि किसानलाई मल समेत उपलब्ध गराउन नसकेको, सर्वहारा वर्गको नेतृत्व गर्ने भन्दै दलाल पुँजिवादी साम्राज्यवादी र भ्रष्ट बनेको र देशलाई खाइ खाई टुप्पा सम्म पुर्याएको कुरा र नेताहरुलाई व्यङ्ग्य गर्दै चित्रण गरेको छ।
https://www.youtube.com/hashtag/diamondjoshi

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.