नेपालले आफ्नो भुमी कालापानी र लिम्पियाधुरालाई नक्शामा समाबेस गरे पछि चिढिएको भारतले केही दिन अघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई ती क्षेत्र भारतको भएको र नेपालीहरुलाई प्रबेश गर्न नदिनु भन्ने व्यहोराको पत्र पठायो। भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै पोखरेलले आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।
पत्रमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ ।भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ।