Fast Nepal News

मोरङ स्थित ७ गाउँपालिका र स्वास्थ्य संस्थालाई भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको राहत

banner single news

 

मोरङ – पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले मोरङ जिल्ला स्थित विभिन्न पालिका क्षेत्र र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसनले जिल्ला स्थित पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगाएतलाई राहत स्वरुप स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अति अवश्यक पर्ने स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले उपलब्ध गराएको छ । जस अन्तर्गत १५० सेट पिपिई, ८० सेट अक्सिमिटर, ५००० गोटा साधारण माक्स, १५० गोटा एन एक्स माक्स, ५० जोडि बुट, ८० लिटर सेनिटाईजर, २० बक्सा साधारण पन्जा, ८० लिटर सोडियम हाईपोक्लोराईड, ५० थान फेस सिल्ड रहेका छन् ।

उक्त राहत समाग्रीहरु सुन्दरहरैचाका मेयर शिव ढकाल तथा बडा अध्यक्ष राजेश थापा, केरावारी कि उपमेयर शान्तिकुमारी लिम्बू तथा बडा अध्यक्षहरु, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले,उपाध्यक्ष तथा वडा अध्यक्षहरु, पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ग्रहण गरेका थिए ।

उक्त राहत सामाग्रीहरु फाउन्डेसनको तर्फबाट सचिव महेश आचार्य, सदस्य चण्डी राई र शुभाष आचार्यले वितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका शुभचिन्तकहरु राजेश थापा, सुरेश कुमार श्रेष्ठ लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो ।

फाउन्डेसनकी संस्थापक तथा भरतमोहन अधिकारीको छोरी लिमा अधिकारीको संयोजनमा फाउण्डेसनले राष्ट्रव्यापी रुपमा राहत वितरण गर्दै आएको छ ।

Inside Article Ads

सो सामाग्रीहरु हस्तान्तरण बारे प्रकाश पार्दै संस्थापक अधिकारी भन्छिन् ‘श्रद्ध्य पिताजी भरतमोहन अधिकारीमा गाउँ प्रति र ग्रामीण जनता प्रति धेरै स्नेहभाव थियो भन्ने कुरा उहाँको कार्यक्रमहरु बाटै प्रष्ट हुन्छ, त्यसैले उहाँकै संझनामा उहाँले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्नु भएको जिल्ला मोरङ लगाएतका विभिन्न ठाउँहरुमा सहयोग गर्नुपर्छ भनेर राहत कार्यक्रम संचालन गरेका छौ’ ।

फाउन्डेसनले कोभिडसँग लड्ने स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उच्च कदर गर्दै सम्मानपत्र सहित राहत वितरण गरेको थियो ।

त्यसक्रममा सबै पालिकाका प्रतिनिधिहरुले आवश्यक मात्रामा महत्त्वपूर्ण सामाग्रीहरु पाउन मुस्किल परिरहेको स्थितीमा अधिकारीको स्‍मृतिमा स्थापित संस्थाबाट राहत पाउँदा विगतमा भरतमोहन अधिकारीले गर्नुभएको योगदानको स्मरण भएको बताउनुका साथै उनको व्यक्तित्व बारे प्रकाश समेत पारेका थिए ।

त्यसैगरि केहीले हाल स्वास्थ्य सामाग्रीहरु पाईहाले पनि उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो गर्दै यी समाग्रीहरु प्राप्त भई दिदा ठुलो राहत मिलेको बताए । त्यस्तै उनीहरुले राहतका लागि फाउन्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

फाउण्डेसनले स्रोतले भ्याएसम्म स्वास्थ्यकर्मी एवम् नागरिकहरुको जीवन रक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने फाउण्डेसनकी अध्यक्ष सविता अधिकारीले जानकारी गराएकी छिन् ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.