काठमाडौं, मङ्सिर २२ – कोरोनाको पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या घट्दै गएको छ। हाल पाँच वटा जिल्लामा मात्र पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, ललितपुर, झापा, मोरङ र कास्कीमा मात्र पाँच सय बढी सक्रिय संक्रमित छन्। यसअघि सुनसरी, भक्तपुर, रुपन्देही, दाङ पनि यसको सूचीमा थिए।
काठमाडौंमा ५ हजार ३ सय ५७, ललितपुरमा १ हजार ८९, झापामा ५ सय ४, मोरङमा ५ सय १४ र कास्कीमा ६ सय ७७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।