Fast Nepal News

भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने

banner single news

काठमाडौँ —  मंसिर २२, २०७७।

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो ।

वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

Inside Article Ads

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाइ टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बीमा र न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

खाडी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवैध रुपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान रहेको आजको कान्तिपुर दैनिकमा उल्लेख छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.