Fast Nepal News

राजधानीमा अत्याधुनिक सार्वजनिक शौचालय

banner single news

ललितपुर— मंसिर ५, २०७७।

ललितपुर महानगरपालिका मङ्गलबजारस्थित नमुना सार्वजनिक शौचालय प्रयोग गर्न पहिलो पटक पुग्नुभएकी स्यारोन ब्लोनलाई शौचालय बाहिर रहेको काउन्टरबाट कर्मचारीले एउटा क्वाइन दिएर शौचालयभित्र पठाए ।

अन्य स्थानमा शौचालय प्रयोग गरेपछि ५÷१० रुपियाँ तिरे हुन्थ्यो । त्यहाँ शौचालय प्रवेशकै लागि काउन्टरबाट क्वाइन दिँंदा अचम्म मान्दै उनी अलमल गर्दै भित्र पुगे । क्वाइन हाल्ने ठाउँ खोज्दै खसाले । मेसिनले भित्र जान हरियो रङको एरोको सङ्केत देखाउँदा स्टिलको बार धकेल्दै भित्र गएर शौचालय प्रयोग गरेपछि पुनः बाहिर आउन खोज्दा स्टिलको बार चलेन ।

साथीले बाहिरको काउन्टरको कर्मचारीलाई बोलाएर साथी बाहिर आउन नसकेको जानकारी दिएपछि त्यहाँका कर्मचारीले बाहिर निस्कन भित्तामा राखिएको हातको चित्रमुनिको डिजिटल बोर्डमा हात देखाउनुहोस्, भनेपछि बल्ल स्यारोन ब्लोन शौचालय बाहिर निस्कन सफल भए ।

Inside Article Ads

त्यसपछि उनको प्रतिक्रिया थियो, “नेपालमा पनि यस्तो शौचालय बन्न थालेछन् अब । मैले विदेशको शौचालय प्रयोग गर्न नजानेर जे पायो त्यही बटम थिच्दा पानीले निथु्रक्क भिज्नुपर्छ रे भन्ने त सुनेको थिएँ । आज यहाँको शौचालय प्रयोग गर्दा नि म झण्डै भित्रै परेंँ ।

उनले शौचालयको भित्तामा रहेका प्याड भेन्डिङ मेसिन, सेन्सरजडित बत्ती, पानीको पर्याप्त सुविधा, चिसो हात सुकाउने ड्रायर लगायतको सुविधा सहितको सार्वजनिक शौचालय देखेर खुसी व्यक्त गर्दै यस्तो शौचालय सहरका केही स्थानमा मात्र भए पनि पानी नखाई बजार निस्कनुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो भने । ललितपुरको मङ्गलबजारस्थित उक्त शौचालय २५ वर्ष पुरानो हो । विगतमा अव्यवस्थित शौचालयले नयाँ रङ रूप मात्र फेरेको छैन, शौचालय प्रयोगका लागि पुग्ने सेवाग्राही नै छक्क पर्ने गरी सुविधा समेत थपिएका छन् ।

सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित, अव्यवस्थित हुन्छन् भन्ने विचारलाई नै परिवर्तन गर्ने गरी त्यस शौचालयलाई गैरसरकारी संस्था गुथिले एरोसान संस्थाको सहयोगमा आधुनिक सेवा सुविधासहित चिटिक्क बनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.