Fast Nepal News

सामाजिक यथार्थ बोकेको टेलिचलचित्र ‘कामना’ युट्युबमा प्रशारण

सामाजिक यथार्थ बोकेको टेलिचलचित्र ‘कामना’ युट्युबमा प्रशारण

banner single news

काठमाडौं । सामाजिक घटनामा आधारित टेलिचलचित्र ‘कामना’ ले समाजमा घटिरहेका यथार्थ घटनालाई पर्दामा उतार्दै दर्शकको ध्यान खिच्न थालेको छ। आरडी मिडिया हाउसको युट्युब च्यानलमार्फत प्रशारण भइरहेको यो सिरियलले समाजका जटिल समस्या र त्यसका समाधानतर्फ केन्द्रित कथा प्रस्तुत गर्दै आएको छ।

सिरियलले आगामी दिनमा विशेषगरी युवा पुस्तालाई समेट्दै अगाडि बढ्ने लक्ष्य लिएको छ। जहाँ समस्या देखिन्छ, त्यहाँ समाधानका लागि ‘कामना’ पात्रले पहल गर्ने दृश्यहरू क्रमशः प्रस्तुत गरिँदै जाने निर्माण टिमले जनाएको छ। आफ्नै देशमा सम्भावना र अवसर प्रशस्त रहेको र युवाहरूले जागर चलाएमा देशलाई अगाडि बढाउन सकिने सन्देशलाई कथामार्फत उजागर गर्ने सिरियलको मुख्य उद्देश्य रहेको छ।

टेलिचलचित्र ‘कामना’को मुख्य भूमिकामा एलिना थपलिया देखिएकी छन्। उनका साथै बिपी सिग्देल, शुभाष शाही, सुजन गिरी (काले भाइ), मोहन अधिकारी, चेतन खतिवडा, सरु बराल र सरस्वती घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसैगरी बालकलाकार दीपशिखा हुमागाईंको पनि अभिनय समावेश गरिएको छ।

यो सिरियल काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर–३, नाला क्षेत्रमा छायांकन भइरहेको छ। ‘कामना’ हरेक शुक्रबार बेलुकी ७ बजे आरडी मिडिया हाउसको युट्युब च्यानलमार्फत नियमित रूपमा प्रशारण हुँदै आएको छ।

Inside Article Ads

सिरियलका लेखक तथा निर्देशक एलिना थपलिया र प्रविण खरेल हुन् भने निर्माता रिता पोखरेल रहेकी छन्। छायांकनको जिम्मेवारी सुबास लकान्द्रीले सम्हालेका छन् भने सम्पादन सन्दिप चौधरीले गरेका हुन्।

सामाजिक यथार्थ, युवाको भूमिका र समाधानमुखी सन्देश बोकेको ‘कामना’ ले नेपाली टेलिचलचित्र क्षेत्रमा फरक स्वाद दिने अपेक्षा गरिएको छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.