
दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको चलचित्रमा नीर शाह र अभिनेत्री केकी अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतका कलाकारको अभिनय छ ।
अब यो चलचित्र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। पाँच जना युवाहरु मिलेर निर्माण भएको थैङक यू इन्टरटेनमेन्ट को प्रस्तुतिमा बर्ष २०८२ को सबैभन्दा व्यावसायिक कमाई गर्न सफल एवम् हरेक नेपालीको प्राण र ढुकढुकी बन्न सफल नेपाली चलचित्र परान नेपालीहरुको उल्लेखनीय बसाई रहेको पोर्चुगल देशमा प्रदर्शनी हुदैछ। पोर्चुगलको राजधानी लिस्बन अवस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १,२ र ३ तारिख साझ ५ बजे प्रदर्शनी राखिएको छ। प्रदर्शक थैङक यू इन्टरटेनमेन्टमा नेपाली चलचित्रमा आबद्ध कलाकार एबम समाजसेवी सन्तोष तामाङ , चलचित्र निर्देशक प्रबेश पौडेल ,मोडल एबम रेस्टुरेन्ट ब्यबसायी भावेश बस्नेत , रेस्टुरेन्ट ब्यबसायी एबम समाजसेवी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह छन् ।
यो समुहले चलचित्र परानको प्रदर्शनी पश्चात् आगामी दिनहरुमा पनि नेपाली चलचित्रहरुको प्रदर्शनीमा निरन्तरता दिने र नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्न पहल गरी नेपाली चलचित्र क्षेत्रलाई टेवा पुरयाउने लक्ष्य लिएको छ ।
Visited 88 times, 1 visit(s) today
