Fast Nepal News

राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको कार्यकर्ता जस्तो :देउवा

banner single news

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले सो कुरा राखेका हुन् । अन्तरक्रियाका क्रममा सभापति देउवाले भने, ‘राष्ट्रपतिले ह भन्दा बढी प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो । सबैभन्दा दुस्ख त मलाई राष्ट्रपतिसँग लागेको छ ।’

प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ । तर, संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.