Fast Nepal News

बाग्लुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि मठमन्दिर प्रवेशमा बैशाखसम्म रोक

banner single news

बाग्लुङ – बैशाख ८

बाग्लुङ, बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ ।

यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिए । मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

Inside Article Ads

यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो । रासस

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.