Fast Nepal News

नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न

banner single news

काठमाडौं, ५ चैत । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा बिहिबार आयोजना भएको साधारण सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरि सभा सम्पन्न भएको हो ।
सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै संस्थाको सातौ वार्षिक साधारणसभामा सर्वसाधारण शेयर धनि तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आ.व. २०७६।०७७ को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४० लाख ४५ हजारबाट बृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ ।
चालु आ.व. २०७७।०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड तथा बचत १ अर्ब ९५ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा बित्तीय पंहुच पुर्याउने, आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिने जस्ता कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.