Fast Nepal News

काठमाडौंमा भित्रियो बर्डफ्लु : तारकेश्वरमा हाँस र कुखुरा नष्ट

banner single news

काठमाडौं, १७ माघ – काठमाडौंमा पनि बर्डफ्लु भित्रिएको छ। तारकेश्वर नगरपालिका–७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको हो।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्नसक्ने अन्य वस्तु नष्ट गरिएको छ।

Inside Article Ads

तारकेश्वरमा १ हजार ८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ।

केही समयअघि भारतका विभिन्न राज्यमा देखिएको बर्डफ्लु काठमाडौंमा भित्रिएको हो। काठमाडौंमा भित्रिएसँगै देशका अन्य ठाउँमा पनि बर्डफ्लु पुगिसकेको हुन सक्ने आशंका गरिएको छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.