Fast Nepal News

नुवाकोट चेम्वर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

banner single news

नुवाकोट, १६ माघ- नुवाकोट चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहनु पर्ने भएकाले प्रदेश, जिल्ला र नगरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताए । व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सकृय रहेको समेत उनले उल्लेख गरे। नुवाकोटको स्थानिय उत्पादनलाइ बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र यहाँको ऐतिहासिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्नेमा उनले जोड समेत दिए ।

सो अवसरमा सभापतिको आसनबाट बोल्दै नुवाकोट चेम्वर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले नुवाकोट चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्न संस्थागत रुपमा पहलकदमी लिदै आएको कुरा राखे । आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै यस क्षेत्रको पर्यटकीय कृषि तथा जडीवुटीको संभावनालाइ दृष्टिगत गरी नुवाकोटको आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने पनि उनले बताए ।

सो अवसरमा बिशिष्ट अतिथि प्रदेश नं. ३ चेम्वर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपभोक्ता मंचका जिल्ला अध्यक्ष इन्द्र वहादुर पण्डित, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष गिता अमात्य तथा रेडिमेड कपडा व्यापार संघका संजीव श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए।

Inside Article Ads

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य त्रिभुबनधर तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न सो सभामा वरिष्ठ उपाध्यक्ष ओम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.