Fast Nepal News

तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने : प्रधानमन्त्री ओली

banner single news

काठमाडौं, माघ १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्। कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन्।

‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई नि:शुल्क रूपमा खोप लगाइन्छ।’

प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

Inside Article Ads

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ। देशका १२० खोप केन्द्रबाट खोप लगाइन्छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ।प्रधानमन्त्री ओलीले खोपबाट कोही पनि बञ्चित हुन नहुने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताएका छन्।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.