Fast Nepal News

काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस, तराईमा हुस्सु र कुहिरो

banner single news

काठमाडौ, माघ १४- काठमाडौंको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।

बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने र मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।तराईका अधिकांश जिल्लामा अहिले अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ । यो साँझसम्मै रहने श्रेष्ठ बताउँछन् । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने श्रेष्ठको भनाइ छ । आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

Inside Article Ads

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.