Fast Nepal News

एसओएस मेनपावरको कारबाही फुकुवा

banner single news

काठमाडौं –कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोप लागेको एसओएस मेनपावरको कारबाही फुकुवा भएको छ । उक्त मेनपावरले गैरकानुनी रुपमा कतारमा श्रमिक पठाउन लागेका भन्दै वैदेशिक रोजगार विभागले ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । तर, उक्त मेनपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।
विभागको निर्णयलाई श्रममन्त्री चौधरीले मन्त्रीस्तरको निर्णय गरेर कारवाही फुकवा गरिदिएका हुन् । “वैदेशिक रोजगार विभागबाट मिति २०७७र०८र०८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भए बमोजिम इजाजतपत्र प्राप्त संस्था एस.ओ.एस. मेनपावर सर्भिसेज प्रालिले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ र १६ बिपरित काम कारवाही गरेको पुष्टयाई हुने कागजातरप्रमाण बरामद भएको नदेखिएको साथै वैदेशिक रोजगार विभागबाट मिति २०७७–७८ मा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को उपदफा (७) बमोजिम उक्त संस्थाको हाल ६ महिनाको लागि सम्पूर्ण काम कारवाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरित एवं कानून सम्मत भएको नदेखिंदा विभागबाट मिति २०७७–७८ मा गरिएको उक्त निर्णय बदर गरी एस.ओ.एस.म्यानपावर सर्भिस प्रा.लि.ले नियमित काम कारवाही गर्न पाउने निर्णय गरिदिएँ । वैदेशिक रोजगार विभागबाट प्राप्त भएको सक्कल मिसिल विभागमा फिर्ता गरिदिनु र अन्य व्यहोरा कानून बमोजिम गर्नु ।” मन्त्री चौधरीले गरेको निर्णयमा भनिएको छ ।
वैदेशिक रोजगार विभागले केही मेनपावर कम्पनीको साँठगाँठको आधारमा आफ्नो कम्पनीमाथि कारवाही गरेको एसओएस मेनपावर कम्पनी पक्षले बताउँदै आएको थियो । ‘नेपालकै उत्कृष्ट मेनपावरका रुपमा रहेको एसओएसमाथि गरिएको ५ महिनाको कारवाही फुकुवा गरेर मन्त्री चौधरीले कम्पनीमाथि न्याय गरेका छन्’, कमपनी स्रोतले भन्यो । केहि महिनाअघि कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार पठाउन लागेको भनेर एसओएस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनलाई ६ महिना कुनै पनि देश कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

Inside Article Ads
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.