Fast Nepal News

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

banner single news

काठमाडौं, माघ १३ – नेपाली बजारमा सुनको मूल्य आज तोलामा ४ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ४ सय रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला चाँदी १२ सय ६० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५५ मा कारोबार भइरहेको छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.