Fast Nepal News

कृषिमा विदेशी लगानीविरुद्ध माघ १४ बाट आन्दोलन

banner single news

काठमाडौं माघ १३

काठमाडौं, कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध किसान, कृषि उद्यमी तथा अन्य सरोकारवाला निकायहरूले माघ १४ बाट काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याएर सरकारले स्वदेशी उद्यमीहरूलाई पलायन गर्न खोजेको भन्दै उनीहरूले आन्दोलन गर्न लागेका हुन् ।

आन्दोलनमा किसान, कृषि व्यवसायी तथा उद्यमीसहित विभिन्न १६ ओटा संघसंस्थाले साथ दिने भएका छन् । आन्दोलनका लागि नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन भइसकेको छ ।

Inside Article Ads

सरकारको निर्णयविरुद्ध संयुक्त विरोध प्रदर्शन तथा आन्दोलन गर्न राष्ट्रिय कृषक समूह महासंघ, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, नेपाल मत्स्य व्यवसायी महासंघ, नेपाल अण्डा उत्पादक संघ, नेपाल कखुरापालक किसान संघलगायत संघसंस्था एकजुट भएका छन् ।

संघर्ष समितिले अहिले जिल्ला स्तरका कृषि उद्यमी र किसानहरूलाई जागरुक बनाउन हरेक जिल्लामा सरकारको उक्त निर्णयविरुद्ध विरोधका कार्यक्रमहरू थालेको छ । माघ १३ सम्म जिल्लास्तरका सबै कार्यक्रम सकेर माघ १४ गतेदेखि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू थाल्ने संघर्ष समितिका संयोजक शिवराम केसीले आर्थिक अभियान दैनिकसँग बताए । आर्थिक अभियान दैनिकबाट

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.