Fast Nepal News

ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

banner single news

ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता माझ जावलाखेलमा सम्पन्न भएको हो । साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुका साथै वैशाख १७ र २७ गते तोकिएको निर्वाचन सफल पार्न चेम्बर लगायत समग्र निजी क्षेत्रको साथ उत्तिकै आवश्यक रहने औल्याए । साथै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउने उल्लेख गर्दै भ्रमको पछि नलाग्न पनि आग्रह गरे । सोही अवसर माझ मन्त्री पौडेलले ललितपुर चेम्बर अफ कमर्श स्मारिका को विमोचन समेत गरे ।

त्यसै गरि, बिशेष अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जोखिम मोलेर व्यापार व्यवसाय गर्ने निजी क्षेत्रले सरकारलाई सहयोग पुर्याउदै आएको बताउदै राज्यले निजी क्षेत्रका समस्या हल गर्न रचनात्मक भूमिका खेल्नु पर्ने औल्याए । साथै, उनले स्थानिय कर चर्को भएको उल्लेख गर्दै अन्य विविध प्रकारका करबाट पनि व्यवसायीहरु मर्कामा पर्दै आएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले दायरा बढाउदै करको दर घटाउनु पर्ने, एकिकृत कर प्रणाली लागु गर्नुपर्ने जस्ता सुधारका काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम माझ राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले गर्ने भन्सार मुल्यांकनका कारण व्यवसायिक र उपभोक्ता मैत्री वातावरणमा खलल पुग्दै आएको बताउदै बजार अनुगमनका क्रममा समस्या निम्तने गरेको धारणा राखे ।

शुभकामना मन्तब्यकै क्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जिल्लामा व्यवसायिक वातावरण निर्माण गर्न प्रशासनले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले स्वागत मन्तब्य राख्दै व्यवसायीहरुले कोभिडका कारण ठुलो चुनौती भोग्नु परेको उल्लेख गरे । सो अवसरमा उनले सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा अनुगमनका नाममा सास्ती दिने काम भईरहेको प्रति विमती जनाए ।

त्यसैगरि ललितपुर चेम्बर अफ कमर्शकाका वरिस्ठ उपाध्यक्ष निरु थापाले नयाँ कार्यसमितीको चयनसँगै ललितपुर चेम्बर थप सुदृढ र सबल बन्ने विश्वास व्यक्त गरे ।

Inside Article Ads

कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल एवम् दिपक मल्होत्रा, ललितपुरका एसएसपी किरण रत्न बज्राचार्य, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

निर्वाचनबाट शाक्यको नेतृत्वमा २१ सदस्यिय कार्यसमिती चयन

ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभाले आगामी तीन बर्षका लागि नयाँ कार्यसमिती चयन समेत गरेको छ । शनिवार जावलाखेलमा आयोजित सभाले पुष्परत्न शाक्यको अध्यक्षतामा सर्वसम्मतीका साथ उक्त कार्य समिती चयन गरेको हो । साधारण सभाबाट अध्यक्ष शाक्य सहित वरिस्ठ उपाध्यक्षमा निरु थापा, प्रथम उपाध्यक्ष राजेन्द्र मान कायस्थ, दित्तिय उपाध्यक्षमा अनिल विर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य, कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरीप्रसाद अधिकारी र सह कोषाध्यक्षमा प्रेमलाल महर्जन निर्वाचित भएका छन् । त्यसैगरि सदस्य तर्फ निर्वाचित हुनेमा विरेन्द्र शाक्य, ॠषिकेश तिमिल्सिना, रामचन्द्र खत्री, तेजेन्द्रगोपाल श्रेष्ठ, श्याम तण्दुकार् सुनिता बज्राचार्य, सुमित्रा खडका, नविना कार्की, प्रबिण बहादुर शाक्य, सविना सिंह महर्जन, हेम किशोर राई, हरेराम जोशी र अभिसेक बज्राचार्य छन् ।

त्यसैगरि सोही कार्यक्रम माझबाट ललितपुर महिला चेम्बर र ललितपुर युवा चेम्बर समेत गठन गरिएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.