
काठमाडौं- विजया दशमीको पावन अवसरमा भारतको जयपुरमा आयोजना गर्न लागिएको विश्व विराट ज्ञान महायज्ञ अन्तर्गत दिव्य श्रीमद्भगवद्गीता प्रवचन कार्यक्रम हुने भएको छ। यस अवसरमा नेपालबाट प्रसिद्ध कथा वाचिका देवी अभियान प्रवचनका लागि आमन्त्रित भएकी छन् ।
उद्धवकुमार घिमिरेका अनुसार, देवी अभियानले सात दिनसम्म लगातार प्रवचन गर्ने कार्यक्रम रहेको छ। यस प्रवचनमार्फत धर्म, ज्ञान र आध्यात्मिक उत्थान सम्बन्धी विषयहरूमा उपस्थित भक्तजनलाई मार्गदर्शन गरिनेछ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जयपुरस्थित आयोजक समितिले गरिरहेको छ भने यसले नेपाल र भारतबीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।
