Fast Nepal News

गण्डकीमा हिमाल आरोहण प्रवर्द्धन गरिँदै

banner single news

काठमाडौं – पुस २९

पोखरा, गण्डकी प्रदेशमा हिमाल आरोहण प्रवर्द्धन गरिने भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले प्रवद्र्धनको कार्यक्रमलाई अघि बढाउन लागेको संघका अध्यक्ष शेषकान्त शर्माले बताए ।

प्रदेशमा हिमाल आरोहणको प्रवर्द्धन गर्ने लक्ष्यसहित ६ हजार १२ मिटर उचाइको धम्पुस पिकको आरोहण गर्न लागिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘हिमाल आरोहणको इतिहासमा जेठो प्रदेश भएर पनि गण्डकीमा आरोहणका गतिविधि अत्यन्त कम छन्,’ उनले भने, ‘प्रदेशमा हिमाल आरोहणका गतिविधि बढाउने सोचका साथ सञ्चारकर्मीसहितको टोलीले चाँडै धम्पुस पिक आरोहण गर्ने योजना अघि सारेका छौं ।’

सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्राको आकर्षक गन्तव्यको रूपमा चिनाएको थियो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको पाइन्छ ।

Inside Article Ads

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लु जस्ता हिश्रृंखला छन् । अन्नपूर्ण हिमश्रृंखलाअन्तर्गत ७ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गंगापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण श्रृखंलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल छन् ।

त्यस्तै गण्डकीकै धवलागिरि हिमश्रृखंलामा ७ हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेन जस्ता हिमाल छन् । आर्थिक अभियान दैनिकबाट

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.