Fast Nepal News

देवी अभियानको प्रवचनमा जीवनको सार: यज्ञ केवल कर्म होइन, चेतनाको दीप हाे

"यज्ञ भनेको केवल घ्यू चढाएर आहुति दिने कर्म मात्र होइन," देवी अभियान भन्छिन्, "यो त हाम्रो आन्तरिक दोष, अहंकार र मोहलाई होम्ने माध्यम हो, जहाँ आत्मा शुद्ध हुन्छ र समाजमा सात्त्विक ऊर्जा फैलिन्छ।"

banner single news

काठमाडौं, पवित्र पाशुपत क्षेत्रमा यज्ञ, हवन, मन्त्र र पाठमा सीमित नभई, मानव जीवनलाई नै संस्कार, सेवा र सदाचारको दिशामा अग्रसर गराउने एउटा दिव्य आध्यात्मिक यात्रा चलिरहेको छ। ऐतिहासिक श्रीपशुपतिनाथ महात्म्य महायज्ञ को अवसरमा दिनहुँ प्रस्तुत भइरहेका आध्यात्मिक प्रवचनहरूले भक्तजनहरूमा चेतनाको नवीन जागरण ल्याइरहेका छन्।

यस यज्ञकी प्रमुख आकर्षण बनेकी छन् १५ वर्षीया प्रखर कथा वाचिका देवी अभियान, जो आफ्नो उमेरभन्दा निकै परिपक्व वाणी र गहिरो आध्यात्मिक दृष्टिकोणका साथ धर्म, दर्शन र जीवन सन्देशका गूढ भावहरू धाराप्रवाह रूपमा प्रस्तुत गरिरहेकी छन्। उनका प्रवचनहरूले मनोरञ्जन मात्रै नदिएर मन, मस्तिष्क र अन्तर्मनसम्म पुग्ने आध्यात्मिक कम्पनहरू दिने गरेको उपस्थित एक भक्तजनले बताए । उनले भने: देवीज्यूको अमृतमय प्रवचनले जीवनको दिशालाई नै परिवर्तन गर्ने प्रेरणा दिएको छ ।

“यज्ञ भनेको केवल घ्यू चढाएर आहुति दिने कर्म मात्र होइन,” देवी अभियान भन्छिन्, “यो त हाम्रो आन्तरिक दोष, अहंकार र मोहलाई होम्ने माध्यम हो, जहाँ आत्मा शुद्ध हुन्छ र समाजमा सात्त्विक ऊर्जा फैलिन्छ।”

महायज्ञ आयोजक सञ्चालक समितिका तर्फबाट उद्धव घिमिरेले हामीले जुन कुरामा चासो दिनुपर्ने हो, त्यसप्रति ध्यान नदिई अनावश्यक कुरामा मस्तिष्क घुमाएर यज्ञको अर्थ नबुझेको बताएका छन् । घिमिरे एक मात्र त्यस्ता धार्मिक अभियान्ता हुन्, जसले निशुल्क एक करोड गीतादान महाअभियान चलाइरहेका छन् । उनि भन्छन: अरू जे गर्छन् गरुन्, हामीले त आफ्नो कर्ममा शुद्धता राख्नु पर्छ। आध्यात्मिक कर्मलाई अनेक बहसको माध्यम बनाएर दुषित पार्नुको सट्टा, मौन र समर्पित साधनाबाट आत्मशुद्धिको पथ अँगाल्नुपर्छ।”

Inside Article Ads

यस महायज्ञमा वैदिक मन्त्रध्वनि, ध्यान, भजन, र प्रवचनमार्फत वातावरणमा एउटा अद्वितीय आध्यात्मिक ऊर्जा निर्माण भएको अनुभूति भएको घिमिरेको भनाइ छ । यहाँ सहभागी भक्तहरूले पनि ‘धर्म भनेको केवल परम्पराको पालन होइन, जीवन परिवर्तन गर्ने चेतनाको स्रोत हो’ भन्ने भाव आत्मसात् गर्दै छन्।

देवी अभियानको प्रवचनले आजको युवा पुस्तामा हराउँदै गएको धार्मिक चेतना र संस्कारलाई पुनः जीवन्त बनाउन सक्ने कुरालाई महायज्ञमा सहभागी महापुरुषहरूले बताइरहेका छन् । एक किशोरीको वाणीमा वेद, उपनिषद् र जीवन–तत्त्वको यस्तो संयोजन सुन्न पाउनु भक्तजनका लागि अभूतपूर्व अनुभव भइरहेको छ।

महायज्ञको अन्तिम दिनसम्म अझ गहन आध्यात्मिक सन्देशहरू आउने अपेक्षा गरिएको छ, जसले केवल भक्तजनहरूको जीवनमा शान्ति मात्रै नल्याएर, राष्ट्रको सांस्कृतिक मर्मलाई पनि थप सशक्त बनाउनेछ र संस्कारलाई थप गहन रूपमा बुझ्ने मौका मिल्नेछ ।

Visited 205 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.