Fast Nepal News

न्यौपानेको नेतृत्वमा उत्रियो बिशाल कार्यकर्ता सडकमा

banner single news

१३ पुस,काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित विरोध सभालाई सम्बोधन नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले गरेका छन ।
विरोध सभालाई सम्बोधन गर्दै महतले भने,
नेकपा र ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने,तर भन्नुपर्ने ठाउँमा नभन्ने गरेको बताए ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेसका युवा नेता तथा सभापति रामप्रसाद न्यौपानेको नेतृत्वमा चण्डोलस्थित विशाल मिलन केन्द्रवाट शुरुभएको विरोध जुलुसमा नेपाली कांग्रेसका कार्यकर्ता तथा सर्वसाधरणहरुको विशेष सहभागिता रहेको थियो। विशाल मिलन केन्द्रवाट शुभारम्भ भएको सभा तथा जुलुस महाराजगञ्ज चक्रपथमा पुगेर कोणसभा सहभागी भएको थियो।

जुलुसमा हामी सग कुरागदै सभापति न्यौपानेले केपी ओलीको सरकारले संविधान माथी उठेर आफ्नो व्यक्तिगत स्वार्थको लागि संविधान माथी नै कु गरेको आरोप लगाएका छन् । देशको संविधान र कानुन भन्दा माथि कोही व्यक्ति हुनै सक्दैन।
जसले गर्दा आज सडकमा आउन बाध्य भएका बताएका छन।

Inside Article Ads

कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का १५ वटै इकाई सभापतिहरूको नेतृत्वमा हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.