Fast Nepal News

चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

banner single news

 

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ ।

देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ ।

Inside Article Ads

नेपाल कृषि प्रधान देश हाे नेपालकाे जम्मा जनसंख्याको लगभग ६५ प्रतिशत मानिस पेशामा आबद्ध छन् । तर पनि वर्षैपिच्छे खर्बाैँकाे अन्न यातायात गर्नेु परिरहेको छ । नेपालले हरेक वर्ष आयतन गर्ने खाद्यान्नकाे मात्र निरन्तर रूपमा बढि रहेको छ ।
देशका युवा शक्ति पलायन विदेश पलायन हुने र नेपालकाे उर्वर भूमि विस्तारै बाँझाे बन्दै जानुले नेपालकाे उत्पादन विस्तारै घट्दै गइरहेको छ ।
२०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर २०७९ सालकाे तथ्यांक अनुसार ११ महिनामा हामीले छिमेकी देश भारतबाट मात्रै ४५ अर्बकाे धान चामल आयात गरिरहेका छाैँ । याे जति दुखद: र विडम्बना के हुन सक्छ ? हामी विहान उठेदेखि सुत्ने बेलासम्म प्रयाेग गर्ने हरेक किसिमका कृषिजन्य बस्तु र खाद्यान्नहरू बाहिरी मुलुकबाट आयत गरिरहेका छाैँ। कृषि प्रधान देशमा यस्तो स्थिति दुखद हाे ।

यसकाे निकासका लागि कृषि क्षेत्रमा राज्यले नत विशेष ध्यान दिएको छ न आवश्यक बजेट नै दिन सकेको छ । कृषकलाई न समय विउविजन दिएको न मल नै उपलब्ध गराएको नत व्यवसायी खेतीका लागि नयाँ पुस्तालाई प्राेत्साहन नै गर्न सकिरहेको छ ।
यी सबै कुराहरूलाई मध्येनजर गर्दै दलगत राजनीति भन्दाी रहेर देशभर स्वतन्त्र विद्यार्थी संगठनकाे रूपमा कार्य गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले कृषि क्षेत्रमा विशेष प्रथमिकताकाे साथ कार्य गर्ने, दीर्घकालीन रूपमा कृषिलाई सम्मानित पेशाकाे रूपमा विकास गर्न, व्यवसायिक खेतीका लागि युवा विद्यार्थीलाई प्रेरित गर्न र कृषि पेशामा नयाँ पुस्तालाई आकर्षण गर्नका लागि देशकाे विभिन्न क्याम्पसहरूमा कृषि तथा वन विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरू विच दुई दिने राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद्ले जनाएको छ ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.