
काठमाडाै। नेपाली कांग्रसका महासमिित सदस्य सुशिल भट्टले कांग्रेसकाे तेतृत्व चयन गर्दा क्रियासिल सदस्यबाट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागर्जुन नगरपालिका कार्यसमितिले अायाेजना गरेकाे कार्यक्रममा बल्दै कांग्रेसकाे हरेक नेतृत्व मेराे नेतृत्व हाे भन्ने अनुभूती अाम कार्यकर्तामा गराउनपर्नेमा जाेड दिएका हुन् । महासमिति सदस्य भट्टले भने, `पछिल्लाे समय नागरिक र हरेक राजनीतिक दलकाे दुरी बढेकाे देखिन्छ , कांग्रेसले नागरिकले अपनत्व गर्ने नेतृत्व वडादेखी केन्द्रसम्म दिन सक्ने हाे भने राजनीतिक दल नै समाज रूपान्तरणकाे अायाम हाे अाभास नागरिक हुन्छ ।
देश संघिय लाेकतान्त्रिक गणतन्त्रमा गएकाे गएकाे यतिका लामाे समयपछि यही व्यवस्थाप्रति नागरिकले प्रश्न गर्ने अवस्था अाउनु हरेक राजनीतिक दलका नेताकाे असक्षमता भएकाे उनकाे कथन थियाे । दलित , जनजाति र सिमान्तकृत जनताकाे लागि छुट्याईएकाे समानुपातिक काेटा नेताका अाफन्त र पहुचवाला मृठ्ठीमा पुगेकाे भन्दै भट्टले भने , के समानुपातिक प्रणाली अाफ्नाे नजिकका मान्छे व्यवस्थापन गर्ने ठाँउ हाे ? ‘
