Fast Nepal News

पर्यटन प्रवर्धन लागि व्यांकक लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक: चेम्बर अध्यक्ष श्रेष्ठ

banner single news

काठमाडौं, ०८ पौष- नेपाल चेम्बर अफ कमर्शक अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र थाईल्याण्डको पर्यटन प्रवद्र्धनका लागि व्यांकक र लुम्विनी बीच सीधा हवाइ सम्पर्क आवश्यक रहेको औल्याएका छन् । नेपालका लागि थाईल्याण्डका नवनियुक्त राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्वर अफ कमर्सद्धारा बुधबार चेम्वर भबन कान्तिपथमा आयोजित स्वागत कार्यक्रममा उनले सो धारणा राखेका हुन ।

सो अवसरमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत भोरासफको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्ड वीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको संभावनालाई उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि व्यांकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनुपर्ने बताए ।

अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सको पृष्ठभूमी तथा नेपाल थाइल्याण्ड बीच आर्थिक सम्वन्ध सुदृढ गर्न चेम्बरले निर्वाह गरेको भूमिका बारे उल्लेख गर्दै नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका लागि ग्लोबल टेण्डरमा थाई निर्माण कम्पनीहरुलाई सहभागी गराउन आग्रह गरे ।

नेपालको पर्यटन, कृषी, तथा जडीवुटी उद्योग लगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने पनि उनले बताए । थाईल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बीच वुद्धिष्ट संजालको माध्यमबाट नेपालमा थाइपर्यटक आगमनको लागि थाई पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने भएकोले सोको लागि पहल गरी दिन आग्रह समेत गरे ।

Inside Article Ads

पूर्वी एशियाको उदीयमान अर्थतन्त्रको रुपमा थाईल्याण्डले आर्थिक बिकास तिव्र रुपमा गरि रहेको उल्लेख गर्दै थाईल्याण्डले नेपालको कृषि पर्यटन र व्यापारको आधुनिकीकरणमा उल्लेखनीय योगदान दिन सक्ने श्रेष्ठले दाबी पेश गरे । कार्यक्रममा उपस्थित चेम्बर पदाधिकारीहरुले नेपाली व्यवसायीहरुलाई भीसा प्रकृयामा सरलीकरण तथा थाईल्याण्डले नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेका थिए ।

थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहलगर्ने बताए । कोभिड महामारी समाप्ती पश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा आशान्वित रहेको बताउदै पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनी वीचको सीधा हवाइ सम्पकलाई सकारात्मक रुपमा लिएकोे उनले बताए ।नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएकोले दुई मुलुक बीच आर्थिक सम्वन्ध बिस्तारका लागि प्रशस्त संभावना रहेको पनि उनले उल्लेख गरे ।

उक्त स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपककुमार मलहोत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ एवं कार्य समितीका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.