Fast Nepal News

ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प: कमल थापा

banner single news

काठमाडौं, पुस ७– राप्रपाका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गरेका थापाले मंगलबार बिहान एक ट्विट गर्दै ताजा जनादेशमा जानु नै अहिलेको उत्तम विकल्प भएको बताएका हुन्।

उनले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्नेमा बताए।‘संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ,’ थापाले लेखेका छन्, ‘तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प अवसर हो।’

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.