Fast Nepal News

जर्मनीमा चाडबाडको बीच लकडाउन

banner single news

काठमाडौं, मंसिर २९ – कोरोनाभाइरस संक्रमण र यसको खतरालाई मध्यनजर गर्दै जर्मनीमा क्रिसमसका बेला कडा लकडाउनको आह्वान गरिएको छ । जर्मनीभरी बुधबारदेखि नै अत्यावश्यकमा नपर्ने पसल बन्द गरिनेछ । साथै स्कूल पनि बन्द गरिनेछ ।

चान्सलर एंगेला मर्केले क्रिसमस अघि सपिङका लागि उर्लिएका भीडका कारण यस्तो गर्न बाध्य भएको जानकारी दिएकी छिन् । जर्मनीमा १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ । देशका १६ राज्यका नेतासँगको छलफलपश्चात् जर्मन चान्सलरले यो मामिलामा तत्काल कारवाही गर्न आवश्यकता भएको बताइन् । जर्मनीमा रेष्टुरेन्ट, बार र मनोरञ्जन स्थल नोभेम्बरदेखि नै बन्द छन् र देशका केही भाग लकडाउनको स्थितीमा आफै पुगेका छन् ।

Inside Article Ads

देशव्यापी लकडाउनका बेला बैंक र खाद्य पदार्थ पाइने पसल खुल्ला रहनेछ । सैलुन बन्द रहनेछन् । यद्यपि, क्रिसमस ट्री बेच्ने पसल भने खुल्ला रहनेछन् । कम्पनीलाई आफ्ना कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ । जर्मनीमा आइतबार कोरोनाका २० हजार २०० नयाँ संक्रमित थपिएका छन् र ३२१ को मृत्यु भएको छ

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.